काठमाडौँ, ५ जेठ २०७६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारबाट जनता निरास भएको बताएका छन् । राजधानीमा नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारबाट देश बिकासको काम सम्भव नभएको बताए ।
साथै, उनले कम्युनिष्ट सरकार ५ बर्ष नटिक्ने पनि दाबी गरे । उनले बर्तमान सरकारको उच्छृङ्खल गतिविधिका कारण नै कम्युनिष्ट सरकार ५ बर्ष टिक्न नसक्ने दाबी गरेका हुन् ।
एक फरक प्रसंगमा बोल्दै उनले आफनो पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताए । काँग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए ।“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,” उनले भने ।
पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उनको भनाइ थियो ।