- ADVERTISEMENT -

“अन्याय, अत्याचार र दमनबाट जनताले मुक्ति पाउन्” :- देउवा

May 18, 2019
1079
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ४ जेठ २०७६ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बुद्ध जयन्तीको शुभकामना व्यक्त गरेका छन् । आज शनिबार प्रेस विज्ञप्ति जारी गरेर उनले बुद्ध जयन्तीको शुभकामना दिँदै बुद्धका उपदेश पालना गरि देशमा शन्ति कायम राख्नु पर्ने बताए । उनले देशले संक्रमणकालीन राजनीतिबाट निकास पाएको बताउँदै अन्याय, अत्याचार र दमनबाट देशवासीले मुक्ति पाउने अपेक्षा राखे ।

विज्ञप्तिमा भनिएको छ “म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु।” जनताको चाहना नै शन्ति र आर्थिक बिकास भएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

विज्ञप्तिमा लेखिएको छ “दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ ।कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो। विगतका वर्ष अशान्ति र द्वन्दबाट आक्रान्त रहेको देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधीलगायतका घट्नाबाट मुक्त हुन सकेको छैन।”

उनले अशान्ति, हत्या र हिंसाको बिरोध गर्नु पर्ने बताउँदै विज्ञप्तिमा अगाडी भनिएको छ “हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौँ” ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -