काठमाडौं, २०७६ साल जेठ ४ गते शनिबार । भाटभटेनी सुपरमार्केटको १६ औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार उक्त आउटलेटको उद्घाटन गरेका छन् ।

उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा पनि गरिएको छ । भाटभटेनी ग्रुपका अनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।

उद्घाटनका दिन नयाँ आउटलेटमा सर्वसाधारणको बाक्लो भिड लागेको छ । नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्डसेटर मानिने भाटभटेनी सहरमा सजिलो किनमेलको पर्याय बनिसकेको छ । त्यसले गर्दा नै नयाँ आउटलेट खुलेकै दिन सर्वसाधारणको भिड लागेको हो । दैनिक उपभोग्य वस्तु, गार्मेन्टलगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा प्रतिस्पर्धी मूल्यमा पाइने हुँदा भाटभटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको हो ।

टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन् । इटहरी, नेपालगन्जमा, भैहरवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना भाटभटेनी ग्रुपको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्