- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतको चुनावले आकाशियो नेपालमा गोलभेँडाको मूल्य

May 17, 2019
1064
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ३ जेठ २०७६ । भान्सामा पाक्ने सबै प्रकारका तरकारीको परिकारमा प्रयोग हुने गोलभेँडाको मूल्य आकाशिएको छ । शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारमा ठूलो गोलभेँडाको अधिकतम मूल्य एक सय २० र सानो गोलभेँडाको अधिकतम मूल्य एक सय १० रुपैयाँ कायम भएको हो ।

गतवर्ष यही समयमा ठूलो तथा सानो गोलभेँडाको मूल्य अधिकतम ५० रुपैयाँ थियो । तुलनात्मक रुपमा हेर्दा गतवर्षभन्दा यो वर्ष गोलभेडाको मूल्यमा प्रतिकिलो ७० रुपैयाँको अन्तर हो । पछिल्लो समय वैशाख २२ गतेबाट गोलभेँडाको मूल्यमा तीव्र वृद्धि भइरहेको छ । जसले गर्दा भान्साको मूल्य समेत बढेको छ भने आम सर्वसाधारणको गर्जो टार्न १ सय ५० प्रतिकिलोको गोलभेँडा किनेर खानुपर्छ । जुन असम्भव प्राय: भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

कालीमाटी फलफूल तथा तरकारी बजार परीसरमा भेटिएकी आशा पुरीले गोलभेँडाको मूल्य बढेसँगै यसको प्रयोग नगरेको बताइन् । उनले भनिन्, “काठमाडौंको बसाईँ, सानो काम । महँगो तरकारी कसरी खानु ? मैले त गोलभेँडा किन्नै छाडिसकें ।”

बजारमा किनमेल गर्न आएकी भगवती खत्रीको पनि यस्तै समस्या छ । उनले भनिन्, “चारजनाको जहान पाल्न धौधौ भइसक्यो ।” यसरी तरकारीको मूल्य आकाशिँदै जाने हो भने काठमाडौं बसाइ यही समय बीट मार्नुपर्ने तीतो यथार्थ उनको छ ।

- ADVERTISEMENT -

Advertisement

पुरी र खत्रीको मात्र होइन, यो उपत्यकाबासीको साझा समस्या हो । कालिमाटी फलफूल तथा तरकारी बजारका एक व्यापारीले भने सुख्खायाम भएको कारण गोलभेँडाको मूल्य बढेको बताए ।

यसैबिच कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापक प्रमुख मनोज धितालले भारतमा चुनाव भएको कारण गोलभेँडाको आयात नै कम भएकाले महँगो भएको बताए । बाह्रखरीलाई उनले भने, “भारतबाट दैनिक एक सय ५० देखि दुई सय टनभन्दा बढी टमाटर आयात हुने गरेको थियो । तर हाल एक सय देखि एक सय २० टनको हाराहारीमा मात्र आइरहेको छ ।” यहीकारण मूल्य वृद्धि भएको उनले जानकारी गराए । तराईको गर्मी पनि टमाटरको मूल्य बढ्ने एक कारक भएको उनको भनाई छ ।

वैशाख २३ गते २१ हजार १५ किलो ठूलो गोलभेँडा आयात भएकोमा २४ गते आयातदर घटेर पाँच हजार ६ सय २५ मात्र भएको थियो । यसैगरी २५ गते कालीमाटी तरकारी बजारमा गोलभेँडा आयात शून्य नै थियो ।

वैशाख २२ गतेदेखि २८ गतेसम्मको अवधीमा बजारमा ५७ हजार ७ सय ९० किलो ठूलो गोलभेँडा र ७ लाख ३० हजार ९ सय १० किलो सानो गोलभेँडा आएको छ । भारतमा चुनाव सकिएसँगै जेठको दोस्रो साताबाट गोलभेँडाको मूल्य घट्ने प्रमुख धितालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com