Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३७:०८ बिहान
- ADVERTISEMENT -

नेकपाका जनवर्गीय संगठन संयोजक र सहसंयोजकको घोषणा, कस्ले के पाए ? (नामावलीसहित)

प्रकाशित मिति: २०७६ जेठ ३, शुक्रबार

1167
Shares

काठमाडौं,३ जेठ २०७६ । तत्कालिन एमाले र माओवादीको एकता भएको भएको एक वर्ष पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको नेतृत्व घोषणा गरेको छ ।

पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको घोषणा गरिएको हो ।

नेकपाका महासचिव विष्णु पौडेलले बिहीबारको सचिवालय बैठकको निर्णयअनुसार २१ जनवर्गीय संगठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्याको घोषणा गरेका हुन ।

घोषित विवरणअनुसार अखिल नेपाल किसान महांघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा संघ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल रहेका छन् ।

अखिल नेपाल महिला संघको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासंघ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएको घोषणा भएको छ ।

यसैगरी नेपाल बुद्धिजिवी संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासंघ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल ९सरल सहयात्री० रहेका छन् ।

त्यस्तै नेपाल मुस्लिम संगठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासंघको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग सङ्गठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, खेलकूद महासंघ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला रहेका छन ।

यसैगरी उद्योग व्यवसायी महासंघको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च ९भारत० मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन ।

नेपाल कानून व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन र नेपाल इञ्जिनीयर संगठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो। बाँकी रहेको एकता प्रक्रिया चाँडै टुंगो लगाइने महासचिव पौडेलले जानकारी दिएका छन। नेकपाको अब पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम बाँकी रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -