काठमाडौँ, २ जेठ २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नै संघियताको बिरोध रहेको बताएका छन् ।
सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघियताप्रति प्रधानमन्त्रीकै रुची नभएको भन्दै उनलाई संघियता बिरोधी भनेका हुन् । उनले भने “प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो”।
हामीसँग पटक-पटक छलफलमा भन्नु भएको छ नेपालमा संघीयता चल्दैन यो मलाई हुँदै हुँदैन भनेर।” उनले बर्तमान सरकार नेपालको इतिहासमै सवार्धिक बलियो सरकार रहेको बताउँदै उनले सरकार संघीयता कार्यान्वयनमा समेत असफल भएको ठहर गर्नुभयो ।
प्रधानमन्त्रीले सांसदमा आफुहरुलाई हेपेको समेत आरोप लगाए । साथै उनले नेकपाको एकता केवल चुनाव जित्नका लागि मात्र भएको ठोकुवा समेत गर्नुभयो ।