२०८३ जेठ ५, मंगलबार
३:०८:३६ राति
- ADVERTISEMENT -

शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग : गगन थापा

प्रकाशित मिति: २०७६ जेठ २, बिहीबार

1231
Shares

जाजरकोट, २ जेठ २०७६ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेस कमजोर नभइ जिम्मेवार भएको वताएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत वुधवार जाजरकोटको छेडागाड नगरपालिकाको थलह वजारमा आयोजित आम सभालाइ सम्वोधन गर्ने नेता थापाले कांग्रेस राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको वताए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले भने, ‘संसदमा थोरै संख्या भयो भनेर सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र अरुले आफ्नो पार्टीलाइ कमजोर भनेर आलोचना गर्ने गरेकका छन् । कांग्रेस कमजोर भएको हैन गणतन्त्र, संविधान कार्यान्वयन र राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको हो ।’

जनताको त्याग वलिदान र संघर्षले प्राप्त गरेको गणतन्त्रको सँस्थागत विकास र लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि संख्या जे सुकै भएपनि कांग्रेस जिम्मेवार प्रतिपक्षको सशक्त भुमिकामा रहेको थापाले प्रष्ट पारे ।

कांग्रेसका प्रभावशाली नेता थापाले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सील विद्येयक प्रेस स्वतन्त्रता विरोधी भएको र यसका विरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरु जाग्नु पर्ने वताए ।

उनले भने, ‘प्रधानमन्त्रीले दुनियालाइ जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले उनको गलत कामको विरोधमा लेख्न र वोल्न नपाउने व्यवस्था लोकतान्त्रिक होइन । दुई तिहाइको दम्भमा सरकार निरंकुश र अलोकतान्त्रिक हर्कत देखाउन उद्दत रहेको छ ।’

नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्वर २ को क्षेत्रिय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले जनताको प्रतिनिधिको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका केहि कामहरुले गणतन्त्र प्रति नै जनताले नकरात्मक धारणा वनाउन थालेको वताए ।

उनले भने, ‘शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग हुनुले गणतान्त्रिक शासन व्यवस्था प्रति नै जनतामा आक्रोस पैदा गराउन थालेको छ ।’

साथै थापाले कन्चनपुरमा वलत्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका वुवा आमालाइ यो सरकारले न्याय दिन नसकेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -