काठमाडौं, २ जेठ २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने बताएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनका प्रतिनिधिहरुसँगको छलफलमा सभापति देउवाले विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने बताएका हुन् ।
संसदीय दलकै बैठकमा महासंघ र यूनियनका पदाधिकारी र पूर्वपदाधिकारीलाई सहभागी गराएर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
छलफलका क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा आफू सधैं नेपाली प्रेस जगतको साथमा रहने प्रतिवद्धतासमेत जनाए ।