धादिङ्ग, ३१ बैशाख २०७६ । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ धादिङको जागरण अभियानकाे केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलको उपस्थितिमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पौडेलले नेकपा सरकारको गलत रबैयाको स्थानीय स्तरसम्म नै सु-सूचित गराउदै नेपाली काग्रेसको पछिल्लो रास्ट्रिय कार्यक्रम र अबधारणा जनस्थरसम्म बुझाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङकले स्थानीय निकायसम्म खटाएका प्रतिनिधिहरु ,जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे ।