गोरखा, ३१ बैशाख २०७६ । पालुङ्टार नगरपालिकाले चेपे र मस्र्याङ्दीको दोभानदेखि लिगलिगकोटसम्मको क्षेत्रलाई पर्यटन करिडोरका रुपमा विकास गर्ने तयारी गरेको छ ।
चेपे नदीको दोभान देखि लिगलिगकोट क्षेत्रसम्मको झण्डै १३ किलोमिटरको दुरी र यस आसपासलाई पर्यटन करिडोरका रुपमा विकास गर्ने योजना नगरपालिकाले अघि सारेको हो । लिगलिग एकिकृत पर्यटन योजना अन्तरगत यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउनका लागि बिभिन्न पूर्वाधार विकास गर्न लागेको नगरपालिकाको कार्यालयले जनाएको छ । ‘चेपेदेखि लिगलिगकोटसम्मको क्षेत्रले ऐतिहासिक पहिचान बोकेको छ, तर हामीले यस क्षेत्रको प्रचार प्रचारसम्म पनि राम्ररी गर्न सकेका छैनौ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेव भारतीले भने ‘यस करिडोरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो योजना छ, यसै बर्षदेखि बिभिन्न भौतिक संरचना निर्माणको थालनी गर्दैछौ ।’
नगरपालिकाले यस क्षेत्रमा होमस्टे, साइक्लिङ रुट, पदयात्रा लगायतका रुपमा विकास गर्ने योजना बनाएको छ । लिगलिगकोट आउने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न यस करिडोरमा पर्यटन प्रवद्र्धनका योजना नगरपालिकाले ल्याएको बताएको छ ।
‘अहिले लिगलिग आएका पर्यटक एक रात पनि बस्न सक्ने वातावरण छैन, न उनिहरु त्यहाँ टिक्न सक्छन, न टिकाउने कुनै माध्यम नै छ’ प्रमुख प्रशासकिय अधिकृत भारतीले भने ‘कम्तिमा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकलाई एक रात भएपनि बसाउन सक्यौ भने पालुङ्टारका लागि धेरै ठूलो कुरा हुन्छ, हामी त्यस्ता योजना अघि सारेर अहिले पूर्वाधार विकासमा लागेका छौ ।’
गत बर्षको पुष २७ गते देशकै सबैभन्दा ठूलो राष्टिूय झण्डा लिगलिगमा पहराएयता त्यस क्षेत्रमा पर्यटनको संख्या बढ्दै गएको छ । हाल हप्तामा झण्डै १ हजार भन्दा बढि आन्तरिक र बाह्य गरी पर्यटक लिगलिग पुग्ने गरेको तथ्यांक नगरपालिकासंग छ । नगरपालिकाको विश्लेषणमा त्यस क्षेत्रमा बास बस्ने संरचना नहुदा उनिहरु फर्किन बाध्य छन् ।
‘अहिले हप्तामा सरदर १ हजार जति पर्यटक लिगलिग आउछन्, तर उहाँहरुलाई बास बसाउन सक्ने हाम्रो कुनै संरचना छैन’ भारतीले भने ‘अब त्याहा आएकालाई तार्गेट गरेर होमस्टे सुरु गर्दैछौ, यसै बर्ष ५÷६ घरमा संचालन गर्ने हाम्रो तयारी हो ।’
चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटी पोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो, लिगलिगकोटसम्मको क्षेत्रमा होमस्टे संचालन गर्ने नगरपालिकाले योजना बनाएको छ । वि।सं। १६०४ को असोजमा विजयादशमीका दिन पहिलोपटक १९ वर्षका दलसुर घले मगरले पहिलोपटक लिगलिग दौड प्रतियोगिता जितेर राजा भएदेखि दौडेर पहिलो हुने व्यक्ति एक बर्षका लागि राजा बन्ने परम्परा छ ।
यस ऐतिहासिक लिगलिगसम्म पुग्न यातायात भन्दा पैदल मार्गलाई प्राथमिकता दिई काम अघि बढाएको समेत कार्यालयले जनाएको छ । यस बर्ष बिभिन्न संरचना निर्माण गर्न भन्दै नगरपालिकाले ३० लाख र लिगलिग संग्रहालय निर्माण गर्न गण्डकी प्रदेशले १ करोड रकम विनियोजन गरेको बताएको छ । गोरखा समाचार