गोरखा, ३० वैशाख २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाका १६७ युवा नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँबाट नेकपाका कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका हुन् ।

सांसद दवाडीले अजिरकोट गाउँपालिका–१ घ्याच्चोकबाट शनिबार १४८ तथा बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङबाट १९ युवालाई काँग्रेस प्रवेश गराएका हुन् । बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय तह नेकपाले जितेको छ ।

कार्यक्रममा सांसद दवाडीले गोरखाको विकास काँग्रेसमात्र गर्न सक्ने बताउँदै गोरखाको विकासका लागि युवाको खाँचो रहेको बताउनुभयो । उहाँले नवप्रवेशी युवालाई काँग्रेसको संगठन निर्माणमा लाग्न निर्देशन समेत दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्