गोरखा,पालुङटार, २०७६ साल बैशाख ३० गते सोमबार । गोरखाको पालुङटारमा “लाङटाङ देखि लण्डनसम्म” पुस्तकको समिक्षा हुने भएको छ ।

“अब पढ्छ पालुङटार, अघि बढ्छ पालुङटार” भन्ने मुल सन्देशका साथ बौद्ध हिमाल पुस्तकालयको आयोजनामा बैशाख ३१ गते मंगलबार   “लाङटाङ देखि लण्डनसम्म” बौद्ध हिमाल युवा क्लबको प्राङ्गणमा पुस्तक समिक्षा कार्यक्रम “पुस्तक सँगै चिया” हुने क्लबका अध्यक्ष किरण गिरीले जानकारी दिनु भयो ।

उक्त पुस्तक समिक्षा कार्यक्रम बौद्ध हिमाल युवा क्लबको प्राङ्गण बिहान ७ः३० बजे हुने भएकाले पालुङटारका लेखक, शिक्षक/प्राध्यपक, यात्री, प्रकृती प्रेमी प्रकाश थापाको २५ वर्षे यात्रा साहित्यको “लाङटाङ देखि लण्डन सम्म” पुस्तकको समिक्षामा उपस्थिति भई दिनुहुन आयोजकले सम्पूर्ण महानुभाबहरुलाई आमन्त्रण गरेको छ ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्