काठमाडौँ, ३० बैशाख २०७६ । नेपाली टेलिभिजनको दुनियाँमा अहिले टिभी शोहरुको राम्रो पकड बनिरहेको छ । दर्शकहरुले त्यसलाई रुचाएका पनि छन् ।

तीनै रुचाईएका टिभी शोमा पर्छ को बन्छ करोडपति । एपीवान एचडि टेलिभिजनबाट प्रसारण हुँदै आएको यस टिभी शोलाई महानायक राजेश हमालले होस्ट गर्ने गर्छन् । सुरुवाती दिनमा खुबै चर्चामा आएको को बन्छ करोडपतिमा कसैले पनि करोड जित्न नसकेपछि शोको लोकप्रियता केही कम भएको हो की भन्ने भान भएको थियो तर अन्तत को बन्छ करोडपतिमा राजिव जैन करोडपति बनेका छन् ।

उनले आईतबार प्रसारण भएको कार्यक्रममा १ करोड रुपैयाँ जितेका हुन् । उनी नै शोमा करोड जित्ने पहिलो सहभागी बनेर रेकर्ड पनि बताएका छन् । उनलाई सोधिएको पन्ध्रौ एवं अन्तिम प्रश्न थियो २००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? उनले २०१४ माघ १९ गते भनेर जवाफ दिँदा उनले १ करोड जितेका हुन् । उनलाई महानायकले १ करोडको चेक हस्तान्तरण गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्