बझांग, २९ बैशाख २०७६ । सूर्मा गाउँपालिका ,बझाँग बिज़ुली बि क, शेर बहादुर बोहरा लगायत २१ जना नेकपाका अगुवा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन।
ने बि संघ का पुर्ब अध्यक्ष एबम नेपाली काङ्ग्रेसका युवा नेता महेन्द्र शर्मा सुदुर पश्चिममा जागरण अभियानमा ब्यस्त हुनु भएको छ ।
जिल्ला सभापति हर्कजंग ब सिं, पुर्ब माननीय चंद्रा देवि जोशी, सुर्मा गाउँपालिका अध्यक्ष नर बहादुर बोहराको उपस्थितिमा सुदुर पश्चिममा जागरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम २७ गते सम्पन्न भएको हो ।
आज एक कार्यक्रमका बिचमा नेविसंघ संघ पार्टि कार्यालयमा चैनपुरमा नै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
साथै बाह्रै स्थानीय तहमा +२ अभियान संचालन गर्नुका साथै मंगलबार शिक्षक संघको कार्यक्रम समेत गर्ने निर्णय समेत गरिएको छ ।
साथै मंगलबार नै खप्तड छान्ना गाउँपालिका जाने कार्यक्रम समेत तय गरिएको छ ।