काठमाडौं, २९ बैशाख २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुले शुक्रराज शास्त्रीले बोलेको जय नेपाललाई बोकेर हिँडिरहेको स्पष्ट पारेका छन् ।
सरकार र संस्कारका बीचमा शब्दमा धेरै भिन्नता नरहेको स्पष्ट पारे । उनले भने,‘तर, प्रवृत्तिमा धेरै भिन्नता छ । सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा बोलेको कुरा यो देशको पहिलो पटक सभामुखको आदेशमा प्रधानमन्त्रीले बोलेको भाषा असंसदीय भयो भनेर संसदीय रेकर्डबाट हटाउनुपर्ने दिन आयो ।
हुँदाहुँदा प्रधानमन्त्रीजीको जुन प्रकारको शैली छ, अलि बिग्रेको बिग्रेको टाईपको फोटोकपी शैलीमा मन्त्रीहरुले पनि बोल्न थाले ।








































