काठमाडौँ, वैशाख २९ गते । पाँच वर्ष अघि तरकारीमा विषादीको जाँच सुरु गर्दा बजार पुगेका तरकारीमा ९० प्रतिशतसम्म विषादी पाइयो । यो विषय सार्वजनिक भएपछि किसान उपभोक्त दुवै सचेत भए । विषादीको प्रयोगमा कमी आयो । जैविक विषादी प्रयोग बढ्न थाल्यो ।

अग्र्यानिक (प्राङ्गगारिक) तरकारी खेतीले माटो गुणस्तर सुधार हुन्छ । मूल्य पनि राम्रो पाइन्छ । स्वास्थ्यमा असर गर्दैन । त्यसकारण किसान रासायनिक मल तथा विषादीको प्रयोग नगरी अग्र्यानिक खेतीतर्फ अकर्षित हुन थालेका छन् । सरकारले पनि रासायनिक विषादीको साटो जैविक विषादीलाई प्राथमिकता दिएको छ ।

जैविक विषादी ठीक
कृषि मन्त्रालयअन्तर्गत विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदी सरकार रासायनिक विषादीको प्रयोगलाई कम गर्ने र जैविक तथा वनस्पतिजन्य विषादीलाई प्रवद्र्धन गर्नेगरी काम गर्दै आएको बताउनुहुन्छ ।
जैविक विषादीले जनस्वास्थ्य, माटो वातावरण कतै पनि असर नपर्ने भएकाले यसलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै भन्नुभयो, “केन्द्रले जैविक तथा वनस्पतिजन्य विषादीको प्रयोगमा कृषकलाई आर्कषित गर्ने उद्देश्यका साथ तरकारीका पकेट मानिएका क्षेत्रमा नमूना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”

केन्द्रका अनुसार उक्त कार्यक्रम हाल काभ्रे, तनहुँ, कपिलवस्तु, कैलाली, चितवन, सर्लाही गरी सात ठाउँमा सञ्चालन गरिएको छ । गएको दुई वर्षदेखि सञ्चालन गरिएको जैविक तथा वनस्पतिजन्य विषादीको प्रभाव देखिन नै तीन÷चार वर्ष लाग्ने भएकाले नमूना कार्यक्रम हेरेर अन्य क्षेत्रमा विस्तार गरिने पनि उहाँले जानकारी दिनुभयो ।

बरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीको अनुभवमा पछिल्लो समयमा भित्रिने रासायनिक विषादीको प्रयोग पहिले जस्तो छैन र भित्रिएका विषादी पनि पहिले जस्तो हानिकारक छैनन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्