२०८३ जेठ ५, मंगलबार
३:५१:१७ राति
- ADVERTISEMENT -

वर्तमान सरकार सबै ठाउँमा हस्तक्षेप र नियन्त्रण गर्ने हिसावले अघि बढ्यो : सभापति शेरबहादुर देउवा

प्रकाशित मिति: २०७६ वैशाख २८, शनिबार

1771
Shares

धनगढी, २८ बैशाख २०७६ । नेपाली काँग्रेसका पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सबै ठाउँमा हस्तक्षेप र नियन्त्रण गर्ने हिसावले अघि बढिरहेको बताएका छन् ।

शनिबार धनगढीमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भने, ‘यो सरकारको कामै छैन् । एकदमै अधिनायकवादी तवरले सम्पूर्ण क्षेत्र नियन्त्रण गर्ने हिसावले अघि बढेको छ । यो सरकारले प्रेस स्वतन्त्रतालाई ग्रहण गर्न सकिरहेको छैन् । न्यायपालिकासहित सबै ठाउँमा हस्तक्षेपकारी र अधिनायकवादी सोचसहित काम गरिरहेको छ ।’

उनले सरकारलाई नीति, नियम, कानुनमा रहेर काम गर्न सुझाव दिंदै भने, ‘यो सरकार अझै सच्चिएन भने हामी कडा रुपमा प्रस्तुत हुने छौं ।’
गत मंगलबार संसदमा भएको घटनामा सभामुख मुख्य दोषी रहेको सभापति देउवाको भनाई थियो । उनले भने, ‘सभामुखले संसदमा हिम्मत गर्नुपर्ने थियो । उसै बेला डिलिट गर्न भन्न सक्नुपर्ने थियो । अहिले डिलिट भयो राम्रै भयो ।’ संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय परम्पराभन्दा बाहिर गएर बोलेको देउवाले बताए ।

पार्टी सभापति देउवाले सरकारका गलत क्रियाकलाप आम जनतासम्म पुर्याउन नेपाली काँग्रेसले जागरण अभियान शुरु गरेको बताए ।
‘यो जागरण अभियानलाई अझ सशक्त पारिन्छ । वर्तमान सरकारको दमन, हष्तक्षेप, अधिनायकवाद लगायतकाबारे जनतासमक्ष जानकारी गराईन्छ’, उनले भने । उनले जनमतबाटै नेपाली काँग्रेस अघि बढ्ने बताए ।

सभापति देउवा सम्मानित
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई धनगढीमा सम्मान गरिएको छ । डोटीको शिखर नगरपालिका, उच्चाकोटस्थित सिताराम माध्यमिक विद्यालयको संस्थापक संस्था महेश रामायण सभाले आफनो हरेक (६० औं स्थापना दिवस) महोत्सवको समापनको अवसरमा सभापति देउवालाई सम्मान गरेको हो ।

सभाले सितारामा माध्यामिक विद्यालयमा प्रवेशिका परिक्षा उत्तीर्ण गर्ने प्रथम समुह रहेको भन्दै सम्मान गरेको थियो । देउवाले विक्रम सम्वत २०१९ सालमा सो विद्यालयमा प्रवेशिका परिक्षा दिएर उत्तिर्ण भएका थिए । देउवासंगै त्रिभुवन विश्वविद्यालयका पूर्व डिन डाक्टर प्रेमराज पन्त र गोविन्द केसीले सो विद्यालयबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरेका थिए । सभापति देउवालाई विद्यालयका पूर्व प्राचार्य लोकराज पन्तले दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए भने पन्त र केसीका आफन्तलाई पूर्वप्रधानमन्त्री सभापति देउवाले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

नेपाली काँग्रेसका सभापतिसहित प्रतिनिधी सभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, पूर्वमन्त्री भक्तबहादुर बलायर, विरबहादुर बलायर, प्रदेश सभा सदस्य पूर्णा जोशी लगायतलाई पूर्व विद्यार्थीका रुपमा सभाले सम्मान गरेको थियो । यस्तै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विजय कँवर पनि सम्मानित भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -