दाङ, २८ बैशाख २०७६ ।नेपाली कांग्रेस नेता गगन थापाले सरकारका गतिविधिले गणतन्त्र र संघीयता नै धरापमा परेको बताएका छन्। नेपाली जनताले ६० वर्षको संघर्षपछि पाएको उपलब्धिमाथि तानाशाही प्रवृत्ति हाबी हुँदा उपलब्धी धरापमा परेको उनको भनाइ छ।

‘संघीयता र गणतन्त्र संरक्षण गर्नु हाम्रो दायित्व हो’, उनले भने, ‘तर, जसले संरक्षण र विकास गर्नु पर्ने हो त्यहीबाट खतरा बढेर गएको छ।’उनले अरुबाट संघीयता र गणतन्त्रमाथि खतरा नभएर केपी शर्मा ओली नेतृत्वको सरकारबाटै खतरा बढेको दाबी गरे।

‘इतिहासमा सबै भन्दा बढी शक्तिशाली प्रधानमन्त्रीको रुपमा रहेका केपी ओलीकै कारण उपलब्धी संकटमा पर्न थालेका छन्’, उनले भने।

शनिबार प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले दाङको श्रीगाउँमा गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘केपी ओली प्रधानमन्त्री हो। अहिले उहाँ नै देशमा तानाशाही, विकृति बढाइरहनु भएको छ।’सरकारले हावादारी गफ गर्ने बाहेक अरु कुनै पनि उपलब्धि देखाउन नसकेको आरोप उनको छ।

तानाशाही प्रविधि हावी हुँदा संसदमा समाभुखसमेत निरिह बन्नु परेको भन्दै उनले भने, ‘संसदमा प्रधानमन्त्रीको हस्तक्षेप बढिरहेको, सभामुख महरासमेत ओलीको निर्देशनमा चल्नुभएको छ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्