Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४४:४६ बिहान
- ADVERTISEMENT -

गोरखामा १४ दशमलव ५५ मेगावाटको दुई हाइड्रोपावर निर्माण शुरु

प्रकाशित मिति: २०७६ वैशाख २८, शनिबार

1237
Shares

गोरखा, २७ बैशाख २०७६ । गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा १४ दशमलव ५५ मेगावाटको दुई हाइड्रोपावर निर्माण शुरु भएको छ ।

गोरखाको धार्चे गाउँपालिको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजना शुरु भइसकेको छ भने १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माणको अन्तिम तयारी तयारीमा रहेको छ ।

लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि काम शुरु गरेको कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले बताउनु भयो ।

माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सबै काम सकेर निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए । ‘निर्माणका लागि आबस्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि एकसय रोपनी जग्गा समेत खरिद गरिसकेको न्यौपानेले बताउनु भयो ।

न्यौपानेले जग्गा खरिद प्रक्रिया सम्पुर्ण सकिएको , आयोजनालाई चाहिने सम्पुर्ण मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको र ट्रान्समिसन लाईन र बिधुत प्रशारण लाईनको सम्झौतासमेत सकिएर निर्माण कार्य शुरू भैरहेको बताउनु भयो ।

‘ धार्चे वडा नं ४ को आयोजना क्षेत्रमा पर्ने सय रोपनी जग्गा खरिद प्रक्रिया पनि सकिएको छ । दुई किलोमिटर माथि बाँध बाँधेर रेसिफाँट आसपास पावरहाउस निर्माण गरिने छ । माछाखोला दोभानबाट आयोजनास्थल पुग्न चाहिने करीब ७ किलोमिटर लामो मोटरबाटो समेत निर्माण सकिएको छ ।’ उहाले भन्नुभयो ।

‘हामी झोलामा खोला हालेर हिड्दैनौं । काम धमाधम भइरहेको छ ।’ बाँधस्थलबाट तीन किलोमिटर पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विधुत उत्पादन गर्ने उनले बताए । आफुहरुले पिपिए गर्दा दुई बर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि त्यो भन्दा छिटो निर्माण सम्पन्न हुने उनले दाबी समेत गर्नुभयो ।

आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणले खरीद गर्ने गरी विधुत खरीद सम्झौता(पिपिए) सम्पन्न भइसकेको छ । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्खामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरि गत कात्तिकमा नै पिपिए भएको हो ।

त्यसैगरी आयोजना सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदनसमेत तयार भइसकेको छ । आयोजनाको लागत ९६ करोड रहेको छ । जसमध्ये ७० प्रतिशत लगानी बैंकले गरेको र बाकि ३० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने बताइएको छ ।

विकास हाइड्रोपावर कम्पनीले नै ४ दशमलव ५५ मेगावाटको अप्पर माछाखोला जलविधुत आयोजनासंगै १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माण गर्न लागेको हो ।

प्रमोटर शेयर लगानी गर्न ईच्छुकलाई समय थप

विकास हाईड्रो पावरमा प्रमोटर शेयर लगानी गर्न ईच्छुकलाई जेठ १५ गतेसम्मको समय थप गरिएको कम्पनीले जनाएको छ । उक्त मिति भित्र शेयर खरिद गर्न चाहने ईच्छुक ब्यक्तिहरूले कम्पनीमा सम्पर्क गरि प्रमोटर शेयर खरिद गर्न कम्पनीले एक विज्ञप्ति जारी गरेको छ ।

अध्यक्ष न्यौपानेले प्रमोटर शेयर लगानी गर्न इच्छुक धेरै स्थानीय र गैरआवासीय नेपाली साथीहरुको आग्रहलाई कदर गर्दै समय थप गरिएको बताए । उनले प्रमोटर शेयर लगानीको कार्य हुदै गर्दा पनि हाईड्रोको काम चाहिं भईरहनेसमेत बताउनु भयो ।

विकास हाइड्रोपावर कम्पनी प्रालिका सञ्चालक एंव स्थानीय घिमिरेले कम्पनीले सञ्चालन गर्ने आयोजनाहरूमा स्थानीय जनताको नै अधिकतम सहभागिता र स्थानीयकै शेयर लगानीमा ध्यान दिने बताउनु भयो ।

सञ्चालक घिमिरेले स्थानीयसँगको सहकार्यबाटै कम्पनीले निर्माण गर्न लागेको निम्रुङ्ग खोला हाईड्रोपावर र अप्पर माछा खोला हाईड्रोपावर दुवै आयोजना समयमै सम्पन्न गर्ने समेत बताउनु भयो ।

घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम गर्न सजिलो भएको र कम्पनीले स्थानीयसँग सहकार्य गर्दै अगाडी बढने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।

यता गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले गाउँपालिकाभित्र जलविधुत सञ्चालन हुन लागेकोमा आफु खुशी भएको बताउदै कम्पनीहरुलाई यथाशीघ्र काम अघि बढाउन आग्रह गरेका छन् । अध्यक्ष गुरुङले आफ्नो गाउँपालिकामा आएका बिकास निर्माणका सबै कार्यलाई आफ्नो समर्थन रहने समेत बताउनु भयो ।

सो गाउँपालिकामा आयोजना निर्माणको तयारीमा विकास हाइड्रोपावर कम्पनी, निम्रुङखोला जलविधुत आयोजना, रिचेत खोला हाइड्रोपावर कम्पनी, बुढीगण्डकी हाइड्रोपावर कम्पनी र वाटर इनर्जी हाइड्रोपावर कम्पनी रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -