काठमाडौँ, २८ बैशाख २०७६ । दशकौं देखि नेपाली म्युजिक भिडियोमा सदावहार निर्देशकको परिचय बनाइसकेका रंजित कुमार क्षेत्री (कुमार के.सी) ले निर्देशित गर्नु भएको रमिता फिल्मको ‘बनैमा चरी…’ बोलको गीत सार्बजनिक भएको छ ।
म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको उक्त गीतले ब्यापक चर्चा र परिचर्चा पाउने क्रम जारी छ ।
सांगीतिक बजारमा नेपालि लोकदोहोरीले कब्जा जमाइरहेको बेला लोक शैलीमा तयार पारिएको यो गीतले बर्चस्व जमाउने कुरामा कुनै शंका छैन ।
पछिल्लो समय नेपाली लोकदोहोरीका शीर्ष हस्तीहरु विमलराज क्षेत्री, प्रलाद सुबेदी, रंजित कुमार क्षेत्री ( कुमार केसी) को संलग्नताले गीतमा सुनमा सुगन्ध थपेको छ ।
बिमल राज क्षेत्रीलाई अर्की चर्तित गायिका जुनु रिजाल काफ्लेले साथ् दिएकी छिन् ।
फिल्मी क्षेत्रमा अमिट छाप छोडेका नायक दिलिप राय माझि र नायिका केकी अधिकारिको दमदार नृत्यले भिडियो पक्षलाई अझै मजबुत बनाएको देखिन्छ ।
रमिता फिल्मका निर्देशक रंजित कुमार क्षेत्री ( कुमार केसी) ले दशकौं देखिको अनुभवलाई आफुले भिडियोमा उतार्न खोजेको बताउनु भयो । रमिता फिल्मका अर्का निर्माता प्रबासमा रहेर नेपाली गीत संगीतलाई औधि मायाँ गर्ने इश्वरी कडेल हुन् ।
अजय रेग्मीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र मन्जुश्री फिल्म्सको निर्माण रहेको यस गीतलाई अझै सफलताको शुभकामना ।