२०८३ जेठ ३, आइतबार
५:१३:०० बेलुका
- ADVERTISEMENT -

प्रधानमन्त्री बिरुद्ध सभामुख महराले गरेको रुलिङप्रति नेकपाभित्र असन्तुष्टि

प्रकाशित मिति: २०७६ वैशाख २८, शनिबार

704
Shares

काठमाडौं, २८ वैशाख २०७६ । नीति तथा कार्यक्रम पारित गर्ने क्रममा मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विपक्षी सांसदले बोलेका केही शब्द असंसदीय भएको भन्दै हटाउन सभामुख कृष्णबहादुर महराले गरेको रुलिङप्रति नेकपाभित्र असन्तुष्टि देखिएको छ ।

नेपालको इतिहासमै पहिलोपटक प्रधानमन्त्रीले बोलेको विषयलाई सभामुखले रुलिङ गरेर रेकर्डबाट हटाउन निर्देशन दिएपछि सत्तारुढ नेकपाभित्र विरोध भएको हो ।

शुक्रबार सभामुख कृष्णबहादुर महराले मंगलबार वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा व्यक्त भएका संसदीय शब्द हटाउन निर्देशन दिएका थिए । महराले शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै भने, ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नरहेका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुण्ठा युक्त र निम्सरा प्रश्नको जवाफ दिन्न’ भनेपछि संसदमा विवाद भएको थियो । सभामुखको रुलिङपछि नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीले बोलेका विषय मात्र किन रेकर्डबाट हटाउने भन्दै आपत्ति जनाएपछि सभामुख महराले विपक्षी सांसदहरुले बोलेका असंसदीय भाषासमेत समेटिएको भन्दै थामथुम पारेका थिए ।

रुलिङको विषयलाई लिएर नेकपाभित्रको ओलीनिकट समूह सभामुख महराप्रति रुष्ट बनेको छ । ओलीका विश्वासपात्र एक सांसदले देश सञ्चारसँग भने, ‘सभामुखको रुलिङ हामीलाई चित्त बुझेको छैन । यसबारे पार्टीमा छलफल हुन्छ । रुलिङ नै गर्नुपर्ने गरी प्रधानमन्त्री ज्यूले बोल्नुभए जस्तो हामीलाई लाग्दैन ।’ नेकपाबाटै सभामुख बनेका महराले रुलिङ गर्नुअघि आफ्नो पार्टीसँग परामर्श नगरेको ती नेताले बताए । प्रधानमन्त्री ओली भने हाल भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले भने संसदमा भए गरेका विषयमा निर्णय गर्ने अधिकार सभामुखलाई भएकाले यस विषयमा धेरै बोल्न आवश्यक नभएको प्रतिक्रिया दिए । देश सञ्चारसँग गुरुङले भने, ‘पार्लियामेन्ट्री डेमोक्रेसिमा यस्तो हुने गर्छ । सभामुखको निर्णय सबैले पालना गर्नुपर्छ ।’ सभामुखले रुलिङ अघि नेकपासँग परामर्श गरे नगरेको विषयमा उनले बताउन चाहेनन् ।

मंगलबार प्रधानमन्त्रीले असंसदीय भाषा बोलको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरिरहँदासमेत सदनको कारबाही अघि बढाएको भन्दै सभामुख महराको कांग्रेसले आलोचना गरेको थियो । सभापति शेरबहादुर देउवाले आफूले इतिहासमै महरा जस्तो डरपोक र काथर सभामुख कहिल्यै नदेखेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

थप आलोचनाबाट बच्न र उनीप्रति रुष्ट भएको विपक्षी कांग्रेसलाई विश्वासमा लिन महराले ढिलै भए पनि रुलिङ गरेका हुन् । तर शुक्रबार आफ्नो सचिवालयमा पत्रकारहरुसँग कुरा गर्दै महराले रेकर्डबाट कुन कुन शब्द हटाउने भन्ने प्रष्ट पारेनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -