टोकियो, २७ बैशाख २०७६ । राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल अन्तर्गतको जापान शाखाले केन्द्रिय भवन निर्माणकाे सहयाेगार्थ टोकियोमा विशेष सांगितिक सांझ गर्ने भएको छ ।
२०१९, मे महिनाकाे १९ तारिख आइतवार सिनओ कोबु स्थित टोकियो रोधी घरमा कार्यक्रम गरिने शाखाका सचिब नारायण कंडेलले जानकारी दिनु भयो ।
काठमाण्डौको टोखामा करिब ८३ लाखको लागतमा बन्न लागेकेा भवनको सहयाेगकाे लागि कार्यक्रम गर्न लागिएको शाखाका अध्यक्ष युवराज आचार्यले बताउनु भयो ।
काठमाण्डौको टोखामा बन्ने भवनको शिलान्यास शनिबार सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नुभएकाे थियाे। सुविधासम्पन्न हल सहित ५ कोठे दुई तले भवन निर्माणको जिम्मा सागर एण्ड कुण्ड निर्माण सेवाले गर्ने भएकाे छ ।
भब्य र सब्य रुपमा सम्पन्न गर्न लागिरहेकोले जापानबाशी नेपालीहरुलाई उपस्थितिकालागी अध्यक्ष आचार्यले अनुरोध गर्नुभएको छ ।