२०८३ जेठ ५, मंगलबार
४:०८:५६ बिहान
- ADVERTISEMENT -

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका तल्लो तहदेखि माथिसम्म सम्पुर्ण एकता टुङ्गोे लगाउने तयारी

प्रकाशित मिति: २०७६ वैशाख २७, शुक्रबार

1064
Shares

काठमाडौँ, वैशाख २७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका तल्लो तहदेखि माथिसम्म सम्र्पूण एकता टुङ्गोे लगाउने तयारी गरेको छ ।

जेठ ३ गतेको अवसर पारेर एकता हुन बाँकी स्थानीय निकाय, जिल्ला, प्रदेश, जनवर्गीय सङ्गठन, विभाग, प्रवास लगायत सबैलाई टुङ्गोे लगाउने तयारी भइरहेको नेकपाको सचिवालयले जनाएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जानुअघि बुधबार सचिवालयको बैठक बोलाएर एकता प्रक्रिया टुङ्गोे लगाउने विषयमा छलफल गर्नुभएको थियो ।
आउँदो जेठ ३ गते नेकपा गठन भएको एक वर्ष पूरा हुँदैछ । सोही अवसरमा सम्पूर्ण एकताको घोषणा गर्नेे पुष्टि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीसँग बसेर एकताको विषयमा टुङ्गोे लगाइएको र अबको दुई चारदिन पछि घोषणा गरिने छ भन्नुभयो । पोलिटब्युरो गठन तथा केन्द्रीय कार्यसमितिको कार्यविभाजन पनि सँगै हुने उहाँले स्पष्ट पार्नुभयो ।
अहिलेसम्म केन्द्रीय समिति, सचिवालय, स्थायी समिति, प्रदेश र जिल्लाको मात्र टुङ्गोे लागेको छ । केन्द्रीय समितिमा कार्यविभाजन हुन बाँकी छ भने प्रदेश र जिल्लामा कार्यसमितिको टुङ्गोे लाग्न बाँकी छ ।

जिल्लामा अध्यक्ष र सचिव तथा प्रदेशमा अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, सचिवको मात्र टुङ्गोे लागेको छ । पोलिटब्युरो गठन गर्न पनि बाँकी छ । यी सबै एकैपटक टुङ्ग्याउने तयारी सचिवालयले गरेको छ । स्थानीय तह र जिल्लाका अधिकांश एकता प्रक्रिया टुङ्ग्याइसकेको छ । कतिपय ठाउँमा शपथग्रहण समेत भइसकेको छ । कतिपय ठाउँमा प्रस्ताव तयार गरेर राखिएको छ भने कतिपय ठाउँमा स्थानीय तहको विवादका कारण जिल्लाको टुङ्गोे लागेको छैन ।
प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले सबै जिल्लामा सहमति भइसकेको र मोरङमा महानगरपालिकाको विवाद रहेको कारण जिल्लाको टुङ्गोे नलागेको जानकारी दिनुभयो । अरु स्थानीय तह र जिल्लाको एकता प्रक्रिया लगभग टुङ्गोे लागि सकेको बताउनुभयो ।

प्रदेश २ मा जिल्ला र स्थानीय तह सबै बाँकी रहेका छन् । बीचमा प्रदेश तथा जिल्ला इन्चार्ज हेरफेर हुँदा एकता प्रक्रिया प्रभावित भएको छ । प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले यहाँका सबै स्थानीय तह बाँकी रहेका जानकारी दिनुभयो । जिल्लालाई चाँडो टुङ्गोे लगाउने अनि स्थानीय तहको टुङ्गोे लगाउने गरी छलफल शुरु भएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रदेश–३ मा एक हप्ताभित्र सबै एकीकरण टुङ्गोे लाग्ने बताइएको छ । प्रदेश–३ का इन्चार्ज नारायण दाहालका अनुसार पहिला जिल्लाको टुङ्गोे लाग्छ र त्यसपछि मात्र स्थानीय तहको टुङ्गोे लाग्छ । जिल्लाको कार्यसमिति बनाउने विषयमा लगभग सहमति भइसकेको छ र त्यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको उहाँको भनाइ छ ।

सुदुरपश्चिम प्रदेशमा पनि छलफल जारी रहेको त्यहाँका पार्टी इन्चार्ज भीम रावलको भनाइ छ । ‘जिल्लाको लगभग टुङ्गोे लागेको छ र एक–दुई दिनमै टुङ्गोे लगाउने मेरा योजना छ’, उहाँले भन्नुभयो । कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटीले जिल्लाको कार्यसमिति टुङ्गोे लगाउने अन्तिम तयारी भइरहेको छ ।

यसअघि गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार मानेर जिल्ला र स्थानीय तहको एकता प्रक्रिया अगाडि बढाइएको छ । कास्की जिल्लाका पार्टी अध्यक्ष कृष्ण थापाले जिल्लाको कार्यसमिति अन्तिम अवस्थामा रहेको बताउँदै २९ गते बैठक बसेर त्यसको घोषणा गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका पार्टी सहइन्चार्ज खगराज अधिकारीले पनि जिल्लाको कार्यसमिति टुङ्गोे लागिसकेको बताउनुभयो । १० वटा जिल्लामध्ये कास्की जिल्लाको टुङ्गोे लगाउन बाँकी रहेको उहाँको भनाई छ ।

रोल्पाका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीले जिल्लाका सबै स्थानीय तहको टुङ्गोे लागि सकेको वडामात्र बाँकी रहेको बताउनुभयो । स्थायी कमिटी सहितको केन्द्रीय कमिटीको बढीमा एक तिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपाको अन्तरिम विधानमा व्यवस्था छ । कुल ४५१ सदस्य भएको केन्द्रीय कमिटीको एक तिहाइ १४७ जना रहेको पोलिटब्युरो गठन हुने बताइएको छ । नेकपा स्रोतकाअनुसार पोलिटब्युरो कमिटीमा तत्कालीन एमालेका तर्फबाट ८१ र तत्कालीन माओवादी केन्द्रका तर्फबाट ६६ जना सदस्य रहनेछन् ।

केन्द्रीय कमिटीमा रहनु भएकामध्ये वरिष्ठतालाई पोलिटब्युरो बनाउने मापदण्ड बनाइएको छ । स्थायी समिति सदस्य देवेन्द्र पौडेल भन्नुहुन्छ, ‘८१–६६ पनि हुनसक्छ, त्यसमा तलमाथि पनि हुनसक्छ ।’

तत्कालीन एमालेबाट ६२ जना पोलिटब्युरो सदस्यलाई राख्ने तयारी भइरहेको छ भने २० जना नयाँ राख्ने तयारी गरिएको छ । तत्कालिन माओवादी केन्द्रका ९९ सदस्यीय सचिवालयका नेतामध्ये वरिष्ठताका आधारमा ६६ जना चयन गरिने बताइएको छ । जनयुद्धमा भूमिका खेलेका नेतालाई विशेष प्राथमिकता दिने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -