- ADVERTISEMENT -
- ADVERTISEMENT -

बिजुली बलेपछि स्थानीयवासी खुसी

May 9, 2019
875
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सप्तरी, सप्तरी, २६ बैशाख २०७६ । अतिविकट मानिएको डाक्नेश्वरी नगरपालिकाको औरही गाउँमा करिब तीन सय घरमा बिजुली पुगेको छ ।

डाक्नेश्वरी नगरपालिका–६ औरहीका तीन सय घरमा अहिले विद्युत् जडान भएर बिजुली बलेपछि स्थानीयवासी खुसी भएको सोही ठाउँका मिरदुल यादवले बताए । सो क्षेत्रमा विद्युत् नभएपछि मोबाइल चार्ज, कुटानी, पिसानी गर्न अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । विद्युत् सञ्चालन नभएका कारण यहाँका अधिकांश व्यक्ति भारतीय गाउँमा गएर मोबाइल चार्ज, कुटानी पिसानी गर्ने गर्र्थे ।

साबिकको औरही गाविस–१, २, ३ र हाल डाक्नेश्वरी नगरपालिका–६ मा तत्कालीन गाविसले करिब रु. पाँच लाख बजेट छुट्याएर पोल गाडेका थिए । अहिले बिजुली सञ्चालन भएपछि भारतीय गाउँमा गएर चार्ज, कुटानी, पिसानी गर्ने परम्परा हटेको सोही ठाउँका नरेश यादव बताउँछन् ।

औरहीमा विगत तीन वर्षदेखि विद्युतको पोल गाडे पनि विद्युत सञ्चालन भएको थिएन । बिजुली सञ्चालन गरेपछि स्थानीयवासी खुसी भएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -