२०८३ वैशाख २८, सोमबार
९:१८:५९ बिहान
- ADVERTISEMENT -

भीमसेन थापा गाउँपालिका –२ तान्द्राङका रसायनिक मल खोज्दै जिल्ला सदरमुकाम

प्रकाशित मिति: २०७६ वैशाख २६, बिहीबार

1644
Shares

 

गोर्खा, २६ बैशाख २०७६ । भीमसेन थापा गाउँपालिका –२ तान्द्राङका लक्ष्मण लामिछाने रसायनिक मल खोज्दै जिल्ला सदरमुकाम आइपुगे । घ्याम्पेसाल र आरुघाटमा मल नपाएपछि गोरखाबजार आएका उनी यहाँबाट पनि रित्तो हात फर्कन बाध्य भए । ‘मकैमा मल हाल्न बितिक्यो तर बजारमा मल पाइन’ उनले भने ‘दिनभर गोरखा बजार डुलेँ कुनै पसलमा मल छैन ।’

सिरानचोक ५ चोरकाटेका भक्त कुमालले पनि चैते धानमा हाल्ने मल पाएका छैनन् । समयमा मल हाल्न नपाएपछि उत्पादन कम हुने चिन्ताले उनलाई सताएको छ । ‘चोरकाटेमा पनि मल छैन, छेवेटारको सहकारीमा ३–४ पटक गइसके मल पाइएन’ उनले भने ‘धान पोटाउने बेला भइसक्यो मल हाल्न पाइएन ।’ मकै एवं चैते धान गोडेर मल हाल्नु पर्ने बेलामा बजारमा मल अभाव देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

नेपाल सरकारको अनुदानमा कृषि समाग्री संस्थान मार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले नपठाएपछि जिल्लामा मलको अभाव भएको हो । ‘यस्तै हुन्छ भनेर हामीे बेलैमा माथिल्लो निकायलाई जानकारी गराएका थियौं’ जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा पण्डितले भने ‘तर कृषि सामाग्री संस्थानले अहिले सम्म मल उपलब्ध गराएको छैन् ।’ देशभर मल अभाव रहेको भन्दै उनले भारतको कलकत्ता देखि नै नआउँदा समस्या भएको बताए । नेपाल सरकारको अनुदानमा साल्ट ट्रेडिङले वितरण गर्ने उक्त मलको अभाव देखिएपछि कृषकहरु मर्कामा परेका छन् । ‘चितवनमा मल स्टक छ भन्ने थाहा पाएर हामीले केही सहकारीलाई सिफारिस गरेका छौं’ उनले भने ‘सोही अनुरुप उपभोक्ता सहकारी छेवेटार मार्फत ८४ मेक्ट्रिटन युरिया मल जिल्ला भित्रिदै छ ।’ उक्त मल आएपछि अहिले देखिएको समस्या तत्काल समाधान हुने उनको विश्वास छ ।

मल ढुवानीका लागि निर्णय गर्ने कृषि सामाग्री आपूर्ती समिति नहुँदा पनि समस्या भएको छ । ‘सिडिओ सापको अध्यक्षतामा रहेको उक्त समितिले जिल्लामा मल बिऊको आर्पूति बारे निर्णय गर्ने गरेको थियो’ उनले भने ‘अहिले प्रशासन कार्यालय संघ र कृषि ज्ञान प्रदेश मातहतमा रहेकाले उक्त समितिको बैठक कसले गर्ने भन्ने नीतिगत समस्या छ त्यसले गर्दा पनि बेलैमा निर्णय गर्न नसकिएको हो ।’ अहिले देशभर मल अभाव रहेकोले आपूर्ती सहज हुन केही समय लाग्ने उनले बताए । कृषकले आवश्यकता भन्दा बढि खरिद गरेर राख्ने प्रचलनका कारणले पनि तत्काल अभाव देखिएको उनको तर्क छ । ‘धेरैले असारमा धान लगाउँदा लाई समेत अहिले किनेर राखि दिनुहुन्छ’ पण्डितले भने ‘सो हुनाले पनि केही समस्या देखिएको छ । आशा गरौं विस्तारै सहज हुने छ ।’

जिल्लामा वर्षेनी झण्डै ३० हजार मेक्ट्रिटन रसानियक मलको खपत हुने गरेको कृषि ज्ञानकेन्द्रको तथ्याङ्क छ । जिल्लामा मल बिक्रि प्रणाली प्रभावकारी नहुँदा समेत समस्या भएको विज्ञहरु बताउँछन् । कृषि सहकारी मार्फत बिक्रि हुनुपर्ने अनुदानको रसायनिक मल उपभोक्ता सहकारी र अन्य व्यक्तिले समेत बेचबिखन हुने गरेको कतिपयको आरोप छ । जसले गर्दा सिजनको बेला वर्षेनी कृतिम अभाव हुने गरेको छ ।

यता नेपाल काँग्रेस गोरखाले जिल्लामा मल अभाव भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कृषि प्रधान देशका जनताले खेति गर्ने बेलामा मल बिउ नपाउनु दुखदः भएको भन्दै जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले किसानको माग अनुसार तत्काल रसायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । गोरखा समाचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -