- ADVERTISEMENT -
- ADVERTISEMENT -

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

May 9, 2019
844
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, वैशाख २६ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीब्र गतिमा काम भइरहेको जानकारी दिनुभयो ।

समितिका सभापति पवित्रा निरौला खरेलका अनुसार, बैठकमा मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेकोे बताउनुभयो । चीनले सिमाना क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारी समेत मन्त्री ज्ञवालीले गराउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न चीन भ्रमणबारे बैठकमा बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणको क्रममा छ वटा उत्तरी नाका, तीनवटा समुद्री नाका र चारवटा सुख्खा बन्दरगाह खोल्नेबारे चीनसँग छलफल भएको जानकारी गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले वैशाख ११ देखि १८ गतेसम्म चीनको राजकीय भ्रमण गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -