२०८३ जेठ ५, मंगलबार
४:१३:३४ बिहान
- ADVERTISEMENT -

कांग्रेसले देशभरी कम्युनिस्टअधिनायकबादलाई रोक्नका लागि जागरण अभियान

प्रकाशित मिति: २०७६ वैशाख २५, बुधबार

1048
Shares

बझाङ , २५ बैशाख २०७६ ।बझाङ जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा पराजय हुनुका पछाडी आफ्नै पाटीभित्र नेताहरुको गुटबन्दी,अन्तरघात भएको निस्कर्ष निकालेको छ।

तीनै तहको निर्वाचनपछि र अन्य पछिल्ला समयमा पार्टी पंक्तिमा भएका बैठक, भेला र समीक्षाबाट नेपाली कांग्रेस बझाङले पार्टीलाई जनताको साथ समर्थन भएको तर आफ्नै कारणले चुनावमा उपयुक्त रणनीति तयार गर्न नसक्दा र जिल्ला तहका पाटीका शीर्ष नेताको आन्तरिक मनमुटावका कारणले कांग्रेसका थुप्रै नेताले पराजय हुनु परेको निचोडमा कांग्रेस पुगेको छ।

बुधबार नेपाली कांग्रेस बझाङले राष्ट्रिय जागरण अभियान सूचारु गर्न जिल्लामा पार्टी नेता कार्यकर्ता जनप्रतिनिधिसहित शुभेच्छुक संगठनका प्रतिनिधिसहितको बैठकमा पनि पाटीभित्रको आन्तरिक गुट उपगुटलाई त्यागेर नयाँ शिराबाट कांग्रेसले राजनीतिको सुरुवात गर्नुपर्ने सुझाव दिएका थिए ।

बझाङ जिल्लामा कम्युनिस्ट पार्टीका नेता भन्दा कांग्रेसका नेताहरु उमेरले पनि जेष्ठ भएका र लामो समयसम्म राजनीतिमा लागेर सक्षम योग्य हुँदाहुँदै पनि पछिल्लो चरणमा राजनीति संगठन गर्दै आएका कम्युनिस्ट बढ‍्दै जानुका पछाडी कांग्रेसी नेताको राजनीति गर्ने शैली हैकमबादी भएको, जनअपेक्षा चाहनाअनुसर काम नगरेको कार्यकर्ता नेविसंघका विद्यार्थी नेता उमेश जेठाराले गुनासो राखे।

उनले भने बझाङ कांग्रेसमा बढीजसो ठकुरीलगायत केही बाहुन क्षेत्री नेताको बाहुल्यता छ र उनीहरुको यथास्थिती राजनीति सोचका कारण चुनावमा पराजय हुनु परेको बताए।

कांग्रेसले एक महिनासम्म सञ्चालन हुने राष्ट्रिय जागरण अभियानमा जिल्लाका १२ वटै स्थानीय तह स्तरीय, निर्वाचन क्षेत्र स्तरीय, जिल्ला स्तरीयमा संगठन शुद्धिकरण, प्रशिक्षण, कार्य समितिको संस्थागत विकास, भातृ संघ संगठनको क्षमता विकास सहित पाटीलाई चलाएमान बनाउने भएको छ।

यसका साथै शुभेच्छुक व्यक्ति, संगठनबाट राय सुझाव लिई आगामी दिनमा पार्टी राम्रो बनाउने नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य ज्ञानबहादुर बोहराले बताए। उनले भने,’ विगतमा भएका कमीकमजोरीलाई आत्मसाथ र महशुस गर्दै अब सबै नेता कार्यकर्ताको सम्मान हुनेगरी पार्टीको शुद्धिकरण गर्ने र आन्तरिक गुट उपगुटको अन्त्य गर्ने योजना छ।

राष्ट्रिय जागरण अभियानमा बझाङ आएका केन्द्रीय परिवेक्षक महेन्द्र शर्माले देशभरी अहिले कांग्रेसले कम्युनिस्टअधिनायकबादलाई रोक्नका लागि यस्तो जागरण अभियान सुरु गरेको र पार्टीभित्रका आन्तरिक मनमुटावलाई पनि सुधार गरेर पाटीलाई एक ढिक्का बनाउने बताए।

नेपाली कांग्रेस बझाङले राष्ट्रिय जागरण अभियानको पहिलो दिन पार्टी कार्यालयमा समीक्षा बैठक बसी बजारमा र्‍याली जुलुससहित औपचारिक कार्यक्रम गरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -