२०८३ जेठ ५, मंगलबार
८:४३:०९ बिहान
- ADVERTISEMENT -

देशभर राष्ट्रिय जागरण अभियान सुरु

प्रकाशित मिति: २०७६ वैशाख २५, बुधबार

1674
Shares

काठमाडौं, २५ बैशाख २०७६ । लामो समयको रस्साकस्सी र आन्तरिक तालमेल मिलाउँदा मिलाउँदै २०७४ सालको निर्वाचनबाट दोस्रो दलमा झरेको नेपाली काँग्रेसले आफूलाई पुनः सशक्त दलको रुपमा उभ्याउन बुधबारदेखि देशभर राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।

काँग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ७७ वटै जिल्लामा दिउँसो १ बजे एकैपटक राष्ट्रिय जागरण अभियानको उद्घाटन हुँदैछ ।

उनले समयबारे स्पष्ट पार्दै भने, ‘७७ वटै जिल्लामा एउटै समय पार्न खोजिएको हो । तर केही कारणले १५ मिनेट आधाघण्टा तलमाथि हुन सक्छ । हामीले प्रयास भने एकै समयको गरेका छौं ।’

कांग्रेसले अभियानलाई ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारा दिएको छ । जागरण अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि नै पुगेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

तीन चरणमा हुने अभियानको प्रथम चरण आजदेखि सुरु भई आगामी जेठ २५ गते समापन हुनेछ ।

विभिन्न १५ बुँदे विषय उठाउँदै काँग्रेस देशव्यापी अभियानमा उत्रिएको छ । मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सांसदहरु (प्रमुख प्रतिपक्षी दलहरु) प्रति देखाएको व्यवहार नयाँ बुँदाको रुपमा थपिन सक्ने समेत देखिएको छ ।

को कहाँ उद्घाटन गर्दै –
सात प्रदेशमा वरिष्ठ नेताहरुले उद्घाटन गर्दैछन् । प्रदेश १ को सुनसरीमा उपसभापति विजयकुमार गच्छेदारले अभियानको उद्घाटन गर्नेछन् ।

प्रदेश १ कै विराटनगरमा नेता कृष्णप्रसाद सिटौलाले, प्रदेश २ को जनकपुरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले, प्रदेश ४ को पोखरामा महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नेछन् ।

प्रदेश ५ को बुटवलमा अर्का महामन्त्री डा शशांक कोइराला, प्रदेश ६ को सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र प्रदेश ७ को धनगढीमा उपसभापति विमलेन्द्र निधिले उद्घाटन गर्ने छन् ।

अन्य ७० जिल्लामा भने पार्टीले पहिले नै तय गरेका केन्द्रीय प्रतिनिधिहरूबाटै अभियान उद्घाटन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेसले जागरण अभियानबाटै पार्टीका कार्यक्रमलाई भद्दा हुनबाट रोक्न भन्दै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रूपमा राख्ने भएको छ । नयाँ शैलीका साथ कांग्रेसको ‘जागरण अभियान’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -