- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

May 7, 2019
952
Shares
- ADVERTISEMENT -

काठमाडौं, २४ बैशाख २०७६ । कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निक्रिय बनाएको हो ।

अज्ञात समुहले कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सडकको किनारमा शंकास्पद वस्तु राखेपछि सो क्षेत्रको सवारी आवागमन बन्द भएको थियो । कोटेश्वरका प्रहरी सहायक निरीक्षक (असई) विवेक विसुन्खेका अनुसार केही समय अघि सेनाले संकास्पद बस्तु डिस्पोज गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

शंकास्पद वस्तु के थियो भन्नेबारे सेनाको टोलीले केही बताएको छैन । सैनिक टोलीले सो बिषयमा प्रहरीलाई समेत जानकारी दिएको छैन । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर र आसपासका क्षेत्रमा कबिर २ घण्टा सवारी चाप भएको थियो । कोटेश्वर भएर जाने सवै सवारी डाइभर्ट गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -