२०८३ जेठ ४, सोमबार
९:४४:०० राति
- ADVERTISEMENT -

सम्पत्ति लुकाउन चार पत्नी

प्रकाशित मिति: २०७६ वैशाख २३, सोमबार

805
Shares

काठमाडौं, बैशाख २३

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले आफ्नो अकुत सम्पत्ति लुकाउन चार ओटी श्रीमती राखेको तथ्य सार्वजनिक भएको छ । अधिकारीले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि अधिकारीले सम्पत्ति लुकाउनका लागि चारओटी श्रीमती राखेको तथ्य बाहिर आएको हो ।

अख्तियारले आज अधिकारीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार लेखापाल अधिकारीले ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएका छन । सोही तथ्य देखिएपछि अख्तियारले विशेष अदालत काठमाडौंमा आज अधिकारीबिरुद्ध मुद्दा दायर गरेको छ ।

अधिकारीले पदीय मर्यादा विपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको अख्तियारले दायर गरेको उजुरीमा उल्लेख छ । लेखापाल अधिकारी २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमा काम गरेका थिए।

त्यसपछि उनी २०६० जेठ २६ गतेदेखि २०६५ चैत २९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए । टेलिकममा सेवा गरिसकेपछि २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए । त्यसबेला कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै मिति २०६७ चैत २० गते २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापालको पदमा कार्यरत थिए ।

सोही बेला २०७४ वैशाख ६ मा उनी निलम्बनमासमेत परेका थिए । उनले जागिर खाएको अवधि २०५९ असोज १६ देखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरुमाथि अख्तियारले अनुसन्धान गरेको हो । उनले पाउने तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ । तर उनले सोही अवधिमा आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए । अख्तियारले सो तथ्य फेला पारेपछि अकुतमा मुद्दा चलाएको हो ।

उक्त चलअचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारको भनाई छ ।

लेखापाल अधिकारीले उक्त सम्पत्तिको स्रोतसमेत खुलाउन नसकेकाले अख्तियारले उनी विरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर मबोजिम मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले लेखापाल अधिकारीसहित उनका श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्प कुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतलाई प्रतिवादी बनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -