- ADVERTISEMENT -

कांग्रेसले आफना गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई काठमाण्डौंमा उतार्ने

May 6, 2019
939
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, २२ बैशाख २०७६ । नेपाली कांग्रेसले आफना पार्टीबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाण्डौंमा आयोजना गर्ने भएको छ ।

आइतबार कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १२ वटा निर्णय सार्वजनिक गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यस्तो छ केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकका १२ निर्णयहरु:

१ नेपाली कांग्रेसद्वारा घोषित “राष्ट्रिय जागरण” कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न र यसका लागि सहयोग पुग्ने गरी प्रतिष्ठानका कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन गर्ने ।

२ संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा रहेका नेपाली कांग्रेसका सांसदहरुका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने ।

३ पार्टीका महाधिवेशन प्रतिनिधिहरुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने ।

४ सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरुका लागि प्रदेश स्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने ।

५ नेपाली कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाण्डौंमा आयोजना गर्ने ।

६ पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई प्रशिक्षणको कार्यक्रम संचालन गर्ने÷ गराउने ।

७ विदेशस्थित जनसम्पर्क समितिहरुमा आवद्ध साथीहरुलाई प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने ।

८ संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि “कांग्रेस मेला” को आयोजना गर्ने ।

९ समसामयिक राष्ट्रिय विषयहरुका सम्बन्धमा विचार–गोष्ठी/छलफल, वहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने ।

१० अन्तर्राष्ट्रिय विषयहरुका सम्बन्धमा देशभित्र र देशबाहिरका विज्ञ र प्रतिनिधिहरु सहभागी गराई संवाद, गोष्ठी, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रमहरु संचालन गर्ने ।

११ नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहिदहरुको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिन र नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीहरुका लागि र १९ वर्ष देखि २८ वर्षसम्मका उमेर समुहका लागि विशेष कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्ने ।

१२ पार्टीको विधानमा व्यवस्था भए बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नु पूर्व प्रशिक्षण लिएको हुनै पर्नेे भएकोले सबै क्रियाशील सदस्यहरुका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्ने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -