२०८३ वैशाख २८, सोमबार
९:२७:३३ बिहान
- ADVERTISEMENT -

ओली सरकार विरुद्ध राष्ट्रिय सभा अध्यक्षले भने : ‘सरकार ५ वर्ष नटिक्न सक्छ’

प्रकाशित मिति: २०७६ वैशाख २२, आइतबार

1108
Shares

काठमाडौं, २२ बैशाख २०७६ । जन अपेक्षा अनुसार काम गर्न नसकेको भनेर व्यापक जनआलोचना भइरहेको बेलामा केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समेत अभिव्यक्ति दिएका छन् । नेकपाकै सांसदहरुको मत पाएर राष्ट्रिय सभाको अध्यक्ष बनेका तिमल्सिनाले सरकारको विरुद्ध दिएको अभिव्यक्तिलाई गम्भिरताका साथ लिइएको छ । अध्यक्ष तिमल्सिनाले यस्तो बेलामा सरकार विरुद्ध अभिव्यक्ति दिएका छन् जतिबेला प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी समेत नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा तिमल्सिनाले सरकारले जन अपेक्षा अनुसार काम गर्न नसके ५ वर्ष अगाबै सरकार ढल्न सक्ने सम्भावना बताएका हुन् । …यस्तै अवस्था हो भने ओली नेतृत्वको दुई तिहाईको सरकार ५ वर्षसम्म नटिक्न पनि सक्छ ।’ अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

उनले यसलाई पुष्टि गर्नको लागि विसं २०१५ सालमा काँग्रेस नेता विपी कोईराला नेतृत्वको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसक्दा बीचैमा सरकार ढलेको भन्दै जनताको अपेक्षा अनुसार काम गर्न नसके यो सरकारको पनि हालत यस्तै हुने बताएका हुन् । विपी कोइराला नेतृत्वको सरकारलाई त्यतिबेला राजा महेन्द्रले अपधस्त गरी पञ्चायती व्यवस्था सुरु गरेका थिए ।

तिमल्सिनाले नेकपाको उम्मेदवारको रुपमा राष्ट्रिय सभाको अध्यक्ष पदमा चुनाव जितेका हुन् । तिनै अध्यक्षले नेकपा नेतृत्वको दुई तिहाईको सरकारले जनताको अपेक्षा अनुसार कान गर्न नसकेको आरोप समेत लगाएका छन् । उनले जनताले दुईतिहाई सरकारसँग जनताले जति अपेक्षा राखेका थिए । त्यति पूरा गर्न नसकेकोले जनताहरु चिन्तित रहेको समेत उनले बताए ।

यिनै तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएको आरोप समेत लागेको छ । तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -