- ADVERTISEMENT -
- ADVERTISEMENT -

साहित्यकार तर्कना शर्माद्वारा लिखित उपन्यास “जेब्राक्रस” सार्वजनिक

May 5, 2019
1369
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २०७६ साल बैशाख २२ गते आइतबार ।  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच साहित्यकार तर्कना शर्माद्वारा लिखित उपन्यास जेब्राक्रस सार्वजनिक गरिएको छ ।

उक्त उपन्यास सार्बजनिकरण कार्यक्रममा पत्रकार, साहित्यकार तथा प्राज्ञिक व्यक्तित्व उपस्थित कार्यक्रममा कवि बाबु त्रिपाठीले अन्तरसंवाद कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रकमा डा. रजनी ढकाल, डा. तारालाल श्रेष्ठ तथा साहित्यकार भुवनहरि सिग्देलले उपन्यासमाथि आ–आफ्नो धारणा राखे ।

उपन्यास जेब्राक्रसमाथि टिप्पाणी गर्दै डा. रजनी ढकालले उपन्यासले महिला समस्यालाई ज्यादै शिष्ट तरिकाले आङ् नै जिरिङ हुने गरी सरल र सरस भाषामा सम्बोधन गर्न सफल रहेको बताउँदै उपन्यासले नेपाली साहित्यमा समलिङ्गीहरूका अनुभव र अनुभूतिको गहिराइलाई पाच्य भाषामा उतार्न सफल रहेको बताइन् । साथै यो विषय नेपाली साहित्यको मात्र नभएर विश्वव्यापी बहसको विषय हो जहाँ पितृसत्ताका कारण महिलामाथि हुने दमन, शोषण र अन्यायको खुलेर विरोध गरिएको बताइन् ।

कार्यक्रममा डा. तारालाल श्रेष्ठले नेपाली साहित्यमा समलिङ्गीका अनुभूति र समस्याको गहिराइ छाम्न कृति सफल रहेको बताउँदै उपन्यासले ज्यादै कौतूहलपूर्ण तरिकाले विषम लिङ्गी र समलिङ्गी बीचको वैवाहिक सम्बन्धमा आउने उतारचढावलाई सूक्ष्म सम्बोधन गरेको बताए । उपन्यासकारको ध्यानाकृष्ट गर्दै उनले भने, ‘पुरातनवादी समाजले तपाईंलाई लाञ्छना लगाउन सक्छ ।’ समलिङ्गीहरूलाई कानुनी मात्र नभएर सामाजिक रूपमै सहज बनाइनु पर्ने धारणा राख्दैे उपन्यासमा पढ्दापढ्दै पाठकको मस्तिष्क हल्लाउने क्षमता रहेको बताए ।

साहित्यकार भुवनहरि सिग्देलले उपन्यासमाथि आफ्नो धारणा राख्दै मानवीय अनुभूतिका सूक्ष्म कोण समात्न सफल रहेको बताए । उपन्यासले उनले भने, ‘उपन्यासमा आएका घटना, पात्र र कथानकमा ज्यादै रोचकता रहेको हुँदा उपन्यास पठनीय बनेको छ ।’ समलिङ्गीहरूको मन, मस्तिष्क र अनुभूतिको गहिराइमा पस्न लेखक सफल भएको उनको भनाइ थियो ।

उपन्यासकार तर्कना शर्माले कोही प्रकृतिभन्दा बाहिर जान सक्दैन भन्दै समाजमा हाँसोको पात्र बनाइएका समलिङ्गीहरू पनि मान्छे हुन्, उनीहरूलाई मान्छेको जस्तो व्यवहार र इज्जत गरिनु पर्ने बताइन् ।  समलिङ्गीका अनुभव, अनुभूति र उनीहरूको समस्यामाथि बहस र चर्चा चलाइनु पर्ने उनको धारणा थियो ।

जेब्राक्रस सार्वजनिक कार्यक्रममा अर्चना थापा, सञ्जीव उप्रेती, उमा सुवेदी, अनुपम रोशी, कुमारी लामा, सविता विमली दिनेश विक्रम थापा, कल्पना त्रिपाठी, विदुला घिमिरे, चेतनाथ कँडेल, ईश्वरमणि अधिकारी, विधान आचार्य, जानु धिताल, पवन आलोक, जितेन्द्र रसिक, रामगोपाल आशुतोष, दिपक नेपाल, किरण दर्पण, सन्ध्या केसी, राजिन नेपाल, ज्ञानेन्द्र अधिकारी लगायतका कवि, साहित्यकार, लेखकको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -