- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारको नीति तथा कार्यक्रममा बकम्फूसे र उडन्ते – सभापती देउबा

May 5, 2019
965
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आइतवार, बैशाख २२, २०७६

काठमाण्डौ -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापती शेर बहादुर देउबाले सरकार को नीति तथा कार्यक्रममा बकम्फूसे र उडन्ते कुरा राखिएको उल्लेख गर्दै त्यो कार्यान्वयन नहुने दाबी गरेका छन् । उनले लडहमा सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले त्यसको कार्यान्वयन हुने कुनै आधार नरहेको दाबी गरे ।

- ADVERTISEMENT -

Advertisement

आइतबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा देउवाले आफ्नो पालामा सुरु गरिएको कतिपय कार्यक्रमहरुको जस सरकारले लिन खोजेको भन्दै आपत्ति जनाए । उनले न्यानो स्याटलाईट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएपनि त्यसलाई सरकारले आफैले अन्तरिक्षमा पठाएजस्तो बकम्फूसे दाबी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको देउबाको आरोप रहेको छ । ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको छ’, सभापति देउवाले भने, ‘यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com