Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:५३ बिहान
- ADVERTISEMENT -

काङ्ग्रेसद्वारा ‘नेपाल सरकार’ लेखाउन संशोधन दर्ता

प्रकाशित मिति: २०७६ वैशाख २२, आइतबार

931
Shares

काठमाडौं, २२ बैशाख २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ ।

काङ्ग्रेस ससंदीय दलको कार्यालयले नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको सट्टा ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्नेलगायत विषयमा सूचना दर्ता गराएको शनिबार जनाएको हो ।

काङ्ग्रेसले नीति कार्यक्रममा प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी सङ्घीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम प्रस्तावित गरेको तथा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै संशोधन दर्ता गराएको पार्टीका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

उपरोक्त कारणले समग्रमै संशोधनका सबै बुँदामा फेरबदल गरी वार्षिक नीति तथा कार्यक्रम संशोधन गर्न सूचना पेश गरेको काङ्ग्रेसले जनाएको छ । सांसदहरु बालकृष्ण खाण, डा मीनेन्द्र रिजाल, पुष्पा भुसाल, अतहर कमाल मुसलमान, पदमनारायण चौधरी, रामबहादुर विष्ट, सञ्जयकुमार गौतम, मानबहादुर विश्वकर्मा, जिपछिरिङ लामा, दीलेन्द्रप्रसाद बडु, डिला सङ्ग्रौला, दिव्यमणि राजभण्डारी, पार्वता डिसी चौधरी, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, मिना सुब्बा, रङ्गमती शाही, विमला नेपाली, लक्ष्मी परियार, सरवत आरा खानम हलवाइनी, प्रकाश रसायली, मीना पाण्डे, सुजाता परियार र मिनाक्षी झाको तर्फबाट संशोधन दर्ता गराइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -