Former finance minister Ram Sharan Mahat talks with Rupak D Sharma of The Himalayan Times in May, 2016 Photo: Naresh Shrestha/THT

काठमाडौं, २२ बैशाख २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् । उनले भने,‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ ।’

नेता महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको पनि आरोप लगाए । उनले भने,‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’ नीति तथा कार्यक्रम एक वर्षको लागि भएकोले छोटो हुनुपर्नेमा धेरै लामो भएको पनि उनको टिप्पणी थियो । उनले भने,‘दुई घण्टा लामो भाषण गरियो । यति लामो भाषण त नेपालको ईतिहासमा कहिल्यै भएको थिएन ।’

त्यस्तै उनले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि स्पष्ट पारे । महतले भने,‘यो जनताको सरकार हो ।’

आफ्नो पार्टीनिकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याईएको पनि उनले गुनासो पोखे । उनले थपे,‘नेपाली कांग्रेसले पछिल्लो २५–३० वर्षको ईतिहासमा १६–१७ वटा नीति तथा कार्यक्रम ल्याईसकेको छ । तर, हामीले कहिल्यैपनि नेताका नाममा धेरै कार्यक्रमहरु ल्याएनौं । विपीको नाममा एक/दुई वटा अस्पताल, शिक्षालगायतका कार्यक्रमहरु ल्यायौं । अरु कुनै घोषणा गरेनौं ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्