- ADVERTISEMENT -
- ADVERTISEMENT -

महिला हिंसा सम्बन्धी मानव अधिकार आयोगको राष्ट्रव्यापी अभियान

May 4, 2019
1449
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरा, २०७६ साल बैशाख २१ गते शनिबार । राष्ट्रिय मानव अधिकार आयोग नेपालले नेपाल प्रहरीसँगको सहकार्यमा महिला हिंसा न्यूनिकरण, मानव अधिकारको संरक्षण एंव सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता विषयक एक अन्तरक्रिया कार्यक्रम यही वैशाख २० गते गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ ।

वर्तमान समयमा देशभरी नै महिला हिंसाजन्य अपराधहरु बढिरहेकाले त्यस्ता हिंसा नियन्त्रण साथै मानव अधिकारको संरक्षण गर्न आवश्यक रणनीति तय गरी कार्ययोजना निर्माण गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

महिला हिंसा न्युनिकरण, मानव अधिकारको संरक्षण र संबर्द्धन गर्दै सुरक्षित समाजको निर्माण गर्न नेपाल प्रहरीलाई थप जवाफदेही बनाउन देशव्यापी रुपमा यस राष्ट्रिय अभियानको आयोजना गरिएको हो ।

कार्यक्रमका अवसरमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रहरी प्रधान कार्यालय कार्य एंव अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले नेपाल प्रहरीले विगत देखी नै महिला हिंसा न्यूनिकरण र मानव अधिकारको उच्च सम्मान गर्दै कार्य सम्पादन गर्दै आईरहेको र वर्तमान समयमा पनि संगठनले समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत महिला हिंसा न्यूनिकरणलाई समेट्ने तथा समाजमा हिंसाजन्य अपराधका घटनाहरुमा कमि ल्याउन विभिन्न महिला मैत्री कार्यक्रमहरु सञ्चालन गरिरहेको कुरा बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरी न्यूनतम स्रोत साधन र सेवा सुविधाका बाबजुत पनि दिईएको जिम्मेवारी उच्च सतर्कताका साथ कार्यसम्पादन गरिरहेको कुरा बताउँदै प्रहरी प्रतिको आम नागरिकको दृष्टिकोणमा परिवर्तन हुनुपर्ने कुरालाई जोड दिनुभयो ।

साथै समाजमा हुने जस्तोसुकै हिंसा न्यूनिकरणका लागि प्रहरी एक्लैको प्रयास पर्याप्त नहुँने हुँदा सरोकारवाला सम्पुर्ण निकायहरुले यसमा समन्वयात्मक भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैंन बहादुर क्षेत्री, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख दान सिंह बोहरा लगायत प्रदेश अन्तर्गतका प्रमुख जिल्ला अधिकारीहरु साथै नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -