काठमाडौँ, २० वैशाख २०७६ । नेपाली कांग्रेसका वरिष्ठ नेता श्री रामचन्द्र पौडेलज्यूको सुदुर पश्चिम प्रदेशका देहाय वमोजिमको जिल्लाहरुमा जाने कार्यक्रम रहेको छ ।

भ्रमण कार्यक्रम
२०७६ जेठ ६ गते :
ड्ड विहान नेपालगञ्ज हुदै कैलालीको टिकापुरमा कार्यक्रम रहने छ ।

२०७६ जेठ ७ गते :
विहान कैलालीको हसुलीयामा कार्यक्रम र दिनको १ वजे धनगडीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

२०७६ जेठ ८ गते :
विहान कञ्चनपुरको पुर्नवासमा कार्यक्रम र दिनको १ वजे महेन्द्र नगरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्नु हुनेछ ।

२०७६ जेठ ९ गते :
विहान डडेलधुरा प्रस्थान –
दिउँसो – नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ ।

२०७६ जेठ १० गते :
विहान डडेलधुरा वाट वैतडी प्रस्थान वैतडी जिल्लाको मेलौलीमा हुने वृहत आमसभालाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

२०७६ जेठ ११ गते :
विहान दार्चुलाको लागि प्रस्थान दार्चुलामा नेपाली कांग्रेस दार्चुलाको आयोजनामा हुने जिल्ला सम्मेलन लाई सम्वोधन गर्नु हुनेछ ।

२०७६ जेठ १२ गते :
विहान दार्चुलावाट वझाङ्ग प्रस्थान ।

२०७६ जेठ १३ गते :
विहान वझाङ्गमा आयोजित नेपाली कांग्रेस जिल्ला कार्यसमिति वझाङ्गले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ।

२०७६ जेठ १४ गते :
डडेलधुरा वाट कैलालीको लम्की हुदै काठमाण्डौं फर्कनु हुने कार्यक्रम रहेको स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्