- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उपत्यकामा लोप भइसके ‘वीरधारा’

May 3, 2019
1908
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौंँ, वैशाख २० गते । सवा सय वर्षअघि उपत्यकामा जडान गरिएका तीन सयवटा ‘वीरधारा’ अब विरलै देख्न पाइन्छ । तत्कालीन प्रधानमन्त्री वीरशमशेरले राख्न लगाएको वीरधारा कहीकतै देख्न पाइन्छ ।अझै जोगिएका ती धारामा पानी नआएको पनि पाँच दशक बित्न लागिसकेको छ ।

हुन त भीमशमशेर सत्तामा आएपछि कतिपय स्थानका वीरधारालाई उखालेर त्रि–भीमधारा जडान गर्न लगाएका थिए । बाँकी रहेका वीरधारा कतिपय चोरी भइसकेका छन् वा धारा राखिएको स्थानमा व्यक्तिगत घर बनिसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

वीरशमशेरको दरबारमा छ वटा धारा जडान गरिएका भए पनि अहिले त्यस स्थानमा एउटा पनि देख्न पाइँदैन ।

वटु नजिकै नौमुगका प्रकाशराज पाण्डेले आफूहरुले वीरधारामा स्नान गरेको र त्यसैको पानी सिधै घटाघट पिएको स्मरण गर्दै भन्नुभयो, “ऐतिहासिक भएकाले वीरधारालाई संरक्षण गर्नुपर्ने थियो ।” नौमुगमा वीरधारा अझै पनि सुरक्षित रहेको देख्न पाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

वीरधारा २
इतिहासकार पुरुषोत्तमशमशेरका अनुसार वि.सं. १९४७मा वीरशमशेरले काठमाडौँका लागि शिवपुरीबाट बुढानीलकण्ठको बाटो हुँदै पिउने पानी (वीरधारा) ल्याउने कार्यको शिलान्यास गरेका थिए । जडान भएका वीरधारामा सन् १८९० उल्लेख छ । त्यो भनेको १९४७ साल नै हुन आउँछ । सरदार स्वर्गीय भीमबहादुर पाँडेले १९५२ सालमा वीरधारा बनेथे भनेर आफ्नो पुस्तकमा लेख्नुभएको छ । १९४७ मा शिलान्यास गरिए पनि सबै जडान भइसक्न १९५२ सालसम्म लागेको हुनसक्दछ । धाराको अगाडि वीरधारा लेखिएको पातालाई टाँस गरिएको थियो भने छेउमा अङ्ग्रेजी अक्षरमा ‘एल्ली एण्ड म्याक्लेन’ र ‘ग्ल्यास्को’ लेखिएकोले धारा बेलायतमा नै बनेको हुनुपर्दछ भनी पाण्डेले तर्क गर्नुभयो ।

तिनताक वीरशमशेरकी कान्छी पत्नी तोपकुमारीले भक्तपुरमा कलधाराको व्यवस्था गरिदिएकी थिइन् । वीरशमशेरका प्रधानसेनापति देवशमशेरले पनि अमलेखगन्जदेखि सिमरासम्म चारकोशे झाडीमा ठाँउठाँउमा रानी कर्मकुमारी देवीको नाममा कलधारा राख्न लगाएका थिए । पहिले काठमाडौँबाट हिँडेर वीरगन्ज जानेहरु त्यही चारकोशे झाडी भएर हिँड्नुपथ्र्याे ।
ओमवहालका डा. साफल्य अमात्यले मानिस जम्मा भएर पानी लिनसक्ने चोकमा वीरधारा जडान गरिएको थियो भन्दै थप्नुभयो, “जोरगणेश चिकमुगल आदि ठाउँमा मैले पनि देखेको थिए । ओमबहालमा अझै पनि एउटा धारा छ । हामी केटाकेटी हुँदा दिनभरिजसो पानी आउँथ्यो । पछिविहान साँझमात्र पानी आउन थाल्यो । २०१२÷१३ सालसम्म प्रशस्तै पानी आउँथ्यो । त्यसपछि सुक्दै गयो ।”

इतिहासकार प्रमोदशमशेरले राणाजी, भारदार, काजी, सरदारका घरका साथै सहरका चोकचोकमा वीरधारा जडान गरिएको बताउनुभयो । नौमुगका पाँडे खलकको पनि राणाको दरबारमा पहुँच भएका कारण उनीहरूको घरको आँगनमै वीरधारा जडान गरिदिने भनिएको सुनाउँदै प्रकाशराज पाण्डेले भन्नुभयो, “हामीहरुको घरमाभन्दा टोलवासी सबैलाई हुने भएकाले टोलको चोकमा राखिदिन हाम्रा जिजुबाजेले राणाहरुलाई भन्नु भएको थियो रे । त्यसैले मुवहालमा वीरधारा राखिएको हो भन्ने सानामा सुनेका थियौँ ।” मुवहालका स्वर्गीय हनुमान साहुको घर नजिक जडान गरिएको धारा निकैअघि चोरी भइसकेको छ ।

इतिहासकार प्रमोदशमशेरले ती धारा बेलायतमा बनेका थिए र जडान गर्ने प्राविधिक पनि अङ्ग्रेज नै भएको बताउँदै भन्नुभयो, “पहुँचवालाका घरमा जडान भएका वा सार्वजनिकरुपमा जडान भएका वीरधाराको पानी प्रयोग गरेवापत राज्यलाई शुल्क तिनुपर्दैन थियो । २००७ सालपछि व्यक्तिको घरमा जडित वीरधाराको पानीका लागि पैसा तिर्नुपर्ने नियम बन्यो ।”
सरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपालमा घण्टाघर, अस्पताल र सहरमा जडित दुई, तीन सय कलधाराले वीरशमशेरलाई सम्झाउँदथे भनेर लेख्नुभएको छ । नेपालको इतिहास खोतल्न आएका विदेशी लेखक सिल्भा लेभीले आफ्नो पुस्तक नेपालमा यस्तो लेखेका छन्, “सहरबाट बुढानीलकण्ठ जाने बाटो राम्रो छ । शिवपुरीको पानीपोखरीबाट काठमाडौँमा आएको खानेपानीको पाइप यही बाटोबाट जान्छ ।”
शिवपुरीबाट ल्याइएको पानीलाई जापानी दूतावास नजिक (पानीपोखरी)को ड्याममा खसालिन्थ्यो र त्यहाँबाट सहरमा वितरण गरिन्थ्यो । पछि भीमशमशेर र जुद्धशमशेरका पालामा सुन्दरीजल, दूधपोखरी लगायत स्थानबाट पानी ल्याई वितरणको व्यवस्था मिलाइयो । त्रि–भीमधाराका साथै चन्द्रधारा पनि थियो ।
इन्द्रचोकका एक साहुकहाँ काम गर्नुहुने शालीग्राम चौलागाईँले आफूले ३० वर्षभन्दा बढी समयदेखि साहुको घरमा काम गर्दै आएको र त्यसबेलादेखि नै ट्याङ्कर कै पानी किन्ने गरेको बताउँदै वुधबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा गई नौ हजार लिटरका लागि तीन हजार १५५ रुपियाँ तिरेको बिल देखाउनुभयो । “धाराको खानेपानीका लागि मासिक १५५ रुपियाँ तिर्छौँ । तिरेन भने जरिवाना लाग्छ । तर धारामा पानी नदेखेको तीन दशक भइसक्यो” उहाँले भन्नुभयो ।

नौमुगका बालमुकुन्द पाण्डेले कुनै बेला निजी धारामा घरको तीन तलासम्म पानी आउँथ्यो र आफ्नो घरको सामुन्ने रहेको वीरधारामा पानी आएको अब एकादेशको कथा बनेको बताउँदै भन्नुभयो, “पहिले घरघरमा धारा आउँथ्यो, अहिले ट्याङ्कर आउँछ ।” गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com