२०८३ जेठ ५, मंगलबार
३:३०:४७ राति
- ADVERTISEMENT -

अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन : सभापती शेरबहादुर देउबा

प्रकाशित मिति: २०७६ वैशाख १९, बिहीबार

2584
Shares

काठमाडौं, १९ बैशाख २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा पार्टीले विजय प्राप्त गर्ने गरी नीति तर्जुमा गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।

बिहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चुनाव जित्ने गरी नीति बनाउन निर्देशन दिएका हुन् ।

पार्टीले अवलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने भन्दै उनले नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । देउवाले पार्टीभित्र आन्तरिक अनुशासन पनि हराउँदै गएको भन्दै पार्टी अनुशासनका सम्बन्धमा कार्यकर्ता माझ प्रशिक्षण सञ्चालन गर्न पनि निर्देशन दिए ।

सभापति देउवाले पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको पनि स्वीकार गरे । आन्तरिक चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हाबी हुँदै जाँदा सिंगो पार्टी पंक्ति नै कमजोर हुने भन्दै उनले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति बिमलेन्द्र निधिले प्रतिष्ठानले नीति निर्माण, खोज अनुसन्धान र कार्यकर्ता प्रशिक्षणमा पार्टीलाई सहयोग गर्ने बताए ।

उनले सदस्यहरुलाई सपथ गराएका थिए । पार्टीको उपसभापति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ । ५१ सदस्यीय प्रतिष्ठानमा पछिल्लो पटक सपथ लिएका सदस्यसमेत गरी ४८ जना सदस्य पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -