- ADVERTISEMENT -

मजदूरको पक्षमा सरकार – नेता पाण्डे

May 1, 2019
762
Shares
- ADVERTISEMENT -

भरतपुर, वैशाख १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

१३०औँ मे दिवसको अवसरमा नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट), पेशागत महासङ्घ नेपाल(कोनेफ) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले संयुक्त रुपमा आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले मजदूरको नेतृत्व गर्ने कम्युनिष्ट सरकार मजदूरका हकअधिकारका विषयमा प्रतिबद्ध रहेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

“मजदूरको पक्षमा कानून बनाउने र मजदूरलाई आवश्यक सेवा सुविधा नदिनेलाई कारवाही सरकारले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आफ्नो हक र अधिकारका लागि हिजोको जस्तो आन्दोलन गर्नुपर्ने दिन आउनु हुँदैन् ।” मजदूरको हकअधिकारको सुनिश्चितता पश्चात मात्र समाजवादको यात्रा तय हुने भएकाले प्राप्त उपलब्धिको संरक्षण गर्दै विभिन्न क्रान्तिले देखाएको बाटोमा अघि बढे अभियान सार्थक हुने उहाँले बताउनुभयो ।

नेता पाण्डेले भन्नुभयो, “श्रमिकको योगदानका कारण कम्युनिष्टको आन्दोलन सफल भएको हो, रगतसँग साइनो गाँसेर प्राप्त गरेको अधिकारको सम्झनामा मे दिवस मनाउन थालिएको हो ।” नेपालमा पुरानो खालको संरचनाका कारण कम्युनिष्टले एकपक्षीय शासन गर्न तत्काल सम्भव नरहेको उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले दुई कम्युनिष्ट पार्टी एकीकरणको अधिकांश काम सकिएकाले जिम्मेवारी पाएका नेता कार्यकर्ताले सरकारको राम्रा कामको प्रचार र गतल कामबारे सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाल टे«ड युनियन महासङ्घ(जिफन्ट)का उपमहासचिव गीता कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) का अध्यक्ष यदुमणि कँडेल लगायतले मजदूरका हकअधिकारका विषयमा जोड दिनुभएको थियो । चितवनमा मजदूरहरुले छुट्टाछुट्टै कार्यक्रम गरेर मे दिवस मनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -