- ADVERTISEMENT -

कांग्रेसको जागरण अभियानमा महिला नेतृत्वको आसन र भाषण बढाउन माग

May 1, 2019
851
Shares
- ADVERTISEMENT -

काठमाडौं, १८ बैशाख २०७६ । नेपाली कांग्रेसले घोषणा गरेको हिमाल, पहाड,तराई, मधेश राष्ट्रिय जागरण अभियानमा महिलाहरुको नेतृत्व तहमा सहभागिता र प्रतिनिधित्व ३३ प्रतिशत बढी पुर्‍याउन महिला नेतृहरुले नेतृत्वलाई दबाब दिएका छन् । कांग्रेस महासमिति सदस्य निमा गिरीको नेतृत्वमा पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउँदै जागरण अभियानका क्रममा ‘आसन र भाषण’ साथै अन्य महत्वपूर्ण जिम्मेवारीमा महिलाहरुको प्रतिनिधित्व बढाउन माग गरेका हुन ।

कांग्रेसका यूवा महिला नेतृहसरुले जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन आग्रह गर्दै सभापति शेरबहादुर देउवा, महामत्री डा. सशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, प्रबक्ता विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाइसकेका छन् । सो क्रममा उपसभापति विमलेन्द्र निधीले देशैभर सर्कुलर जारी गरेर जागरण अभियानमा महिलाहरुको प्रतिनिधित्व बढाउन पार्टी प्रवक्तालाई निर्देशन दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अभियानको नेतृत्व गरिरहेकी महासमिति सदस्य गिरीले अभियानमा सिमित वक्तालाई मात्र स्थान दिएर कार्यक्रम बनाइनुले महिलाको प्रतिनिधित्वलाई खुम्च्याइएको हाम्राकुरालाई बताइन । पार्टीको विधानमै ब्यवस्था भएको महिला प्रतिनिधित्वलाई कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण भएकाले नेतृत्वलाई ध्यानाकर्षण गराएर ज्ञापनपत्र दिइएको उनले बताइन ।

ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली काँग्रेस जस्तो पार्टीले सार्वजनिक कार्यक्रम गर्दा नेपालको संविधान र आफ्नो विधानले गरेको मार्गदर्शनलाई पनि नजर अन्दाज गर्न मिल्दैन । कार्यक्रममा सभापति र प्रमुख अतिथि, विशेष वक्ता मात्रै रहने र स्वागत र विषय प्रवेश मात्र हुने प्रारुप बनाउँदै गर्दा परिणाममा यो जागरण अभियानमा महिला समुदायको प्रतिनिधित्व अत्यन्तै न्युन अर्थात शून्य प्राय हुने अबस्था रहन्छ ।’

ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘जागरण अभियानका प्रत्येक कार्यक्रमहरूमा अनिवार्य रुपमा महिलाको नेतृत्वदायी भूमिका रहने गरी कार्यक्रमको प्रारुप संसोधन गर्नुपर्छ ।’ ज्ञापनपत्र बुझाउने अभियानलाई साथ दिइरहेका नेवि संघका निबर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौंडेलले ज्ञापन पत्र बुझेका सबै नेताहरुले सकरात्मक प्रतिक्रिया दिंदै महिला प्रतिनिधित्व बढाउने आश्वासन दिएको जानकारी दिए ।

ज्ञापनपत्र

आदरणीय सभापतिज्यू,

नेपाली कांग्रेस,केन्द्रीय कार्यसमिति।

विषय – ध्यानाकर्षण

आदरणीय सभापतिज्यू,

नेपाली कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवस पारेर ‘हिमाल, पहाड, तराई९मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गर्दैछ। नेपाली कांग्रेसको विधान, नीति, कार्यक्रमवारे सुसुचित गर्न, पार्टीमा नवीन संचार जागृत गर्न र वर्तमान सरकारका जनविरोधी क्रियाकलापको बारेमा जनतामा जानकारी गराउन र जनतासँग कांग्रेसलाई जोड्न यस्तो अभियान अपरिहार्य नै थियो।

नेपाली कांग्रेसमा आवद्ध सदस्यहरू तथा सुभचिन्तकमा यसले केही उत्साहको संचार पक्कै गरेको छ। तर अभियान संचालनको प्रकृया र स्वरुपका सन्दर्भमा उल्लेखित केही विषयहरूमा भने हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

अभियानको स्वरुप, संचालन प्रकृया र शैली सबै ठाँउमा एउटै बनाउन र झण्झटिलो र कार्यक्रमको भद्दापनको न्युनिकरण गर्न पार्टीले छिटो छरितो कार्यक्रम गर्ने अबधारणा आफैमा राम्रो हो। यद्यपी नेपाली कांग्रेस जस्तो पार्टीले कार्यक्रमहरू गर्दा नेपालको संविधान र आफ्नै विधानले गरेको मार्गदर्शनलाई पनि नजर अन्दाज गर्न मिल्दैन।

कार्यक्रममा सभापति र प्रमुख अतिथि विशेष वक्ता मात्रै रहने र स्वागत र विषय प्रवेश मात्र हुने प्रारुप बनाउँदै गर्दा परिणाममा यो जागरण अभियानमा महिला समुदायको प्रतिनिधित्व अत्यन्तै न्युन अर्थात सुन्य प्राय हुने अबस्था रहन्छ।

किनकी संख्यात्मक रुपमा नत सभापतिमा महिलाको वलियो उपस्थिति छ, नत पार्टीले खटाएको प्रतिनिधिहरूमा। यसले समाजमा सिंगो पार्टी महिला सशक्तिकरणमा संवेदनशील नरहेको सन्देश प्रवाहित गर्नेछ। यो संविधान र केहि समय अगाडी महासमितिवाट पारित नेपाली कांग्रेसको विधानको मर्म विपरित त हो नै सिंगो महिला समुदायमाथिको अन्याय पनि हो भन्ने हाम्रो ठम्याई छ।

अतः जागरण अभियानका प्रत्येक कार्यक्रमहरूमा अनिवार्य रुपमा महिलाको नेतृत्वदायी भूमिका रहने गरि कार्यक्रमको प्रारुप संसोधन गर्न र सोहि अनुरुप पार्टीको सम्पूर्ण तहमा परिपत्र गर्न आदरणीय सभापतिज्यू समक्ष यो ध्यानाकर्षण गराएका छौं। जय नेपाल ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -