२०८३ जेठ ५, मंगलबार
१०:०३:०८ बिहान
- ADVERTISEMENT -

नेपाल एयरलाइन्सले जापान उडानका लागि अनुमति प्राप्त

प्रकाशित मिति: २०७६ वैशाख १६, सोमबार

822
Shares

काठमाडौं, १६ बैशाख २०७६ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि अनुमति पाएको छ । आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्न सक्ने गरी अनुमति दिएको हो ।

हप्ताको ३ वटा राउन्ड ट्रिप उडानका लागि जापानले नेपाल एयरलाइन्सलाई अनुमति दिएको हो । यसअनुसार हप्तामा ३ पटक नेपाल एयरलाइन्सले ओशाकासम्म सीधा उडान भर्न पाउने निगमका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।

वाइडबडी आएपछि जापान निगमले विस्तार गरेको पहिलो नयाँ गन्तब्य हुनेछ । निगमले कोरिया, चीन, साउदीमा पनि उडान विस्तार गर्न प्रयास गरिरहेको छ । तर, ती देशले सुरक्षा लगायतका सवाललाई उठाएकाले निगमले सेवा विस्तार गर्न पाएको छैन ।

नेपाल वायुसेवा निगमले नयाा गन्तब्यमा जान नसकेपछि वाइडबडी विमान किन्दा लिएको ऋणको किस्ता तिर्न छाडेको छ ।

निगमले कर्मचारी सञ्चय कोषको पुस महिनासम्मको किस्ता बुझाएको छैन भने चैतमा नागरिक लगानी कोषको पनि किस्ता बुझाएन । निगमले वाइडबडी किन्दा लिएको ऋणको किस्ताबापत झण्डै ४१ करोड र न्यारोबडीको ३४ करोडको कस्ता तिरेको छैन

वायुसेवा निगमले सञ्चय कोषलाई तिर्न बाँकी किस्ताको बक्यौता रकम झण्डै १ अर्ब १२ करोड छ । नागरिक लगानी कोषको ४१ करोड बढी किस्ता पनि तिरेको छैन ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष दुबै गर्दा किस्ता बापत तिर्नुपर्ने बक्यौता डेढ अर्ब नाघेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएर दुई वटा वाइडबडी विमान किनेको थियो । त्यसमा अनियमितता भएको भन्दै अख्तियारले छानविन गरिरहेको छ भने विमान ल्याएको १० महिना हुँदा पनि नयाँ गन्तव्यमा उडान गर्न सकेको छैन ।

जबकी विमान ल्याउनुअघि दक्षिण कोरियाको सोल, जपान, साउदी लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, गन्तब्य विस्तारमा ढिलाइ हुँदा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान भर्ने गन्तब्यमै सीमित छन् ।

अधिकारीहरुका अनुसार वाइडबडीलाई दैनिक १६ घण्टासम्म उडाउन सके निगमले ३० करोडसम्म कमाउन सक्छ । अझ टाढा गन्तब्यसम्म उडाउँदा त्यो भन्दा निकै उच्च कमाइ हुन्छ ।

यसले नियमित गन्तब्यहरुमा न्यारोबडी र वाइडबडी विमान आलोपालो उडाउनु पर्ने बाध्यता छ । वाइडबडीले दोहा, दिल्ली, बैंगलोर लगायतका गन्तब्यमा उडान गर्छ । तर, वाइडबडीले छोटा गन्तब्यमा उडान भर्दा वायुसेवा निगमलाई नाफा हुँदैन ।

केही समयअघि संस्था वित्तीय संकटमा फसेको भन्दै सरकारसँग अनुदान सहयोग मागेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -