ललितपुर, १६ वैशाख २०७६ । बिवाह गरेको करिब करिब एक महिनामा नै आफनो श्रीमान गुमाएर बिक्षिप्त बनि पुर्नजन्म पाएकी नायिका स्वेता खड्काको स्वास्थ्यमा ठुलो समस्या देखिएको छ ।
उनको गर्धनमा ट्यूमर देखिएपछि शल्यक्रिया गरिएको छ । भारतमा उनको शल्यक्रिया गरिएको हो । हाल हेल्लो जिन्दगीको सुटिङमा व्यस्त रहेकी उनी लण्डन पुगेकी थिईन् । त्यहाँ काम गर्दा गर्दै अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ट्यूमर देखिएको पत्ता लागेको हो । उनले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिँदै आफुले दोस्रो जीवन पाएको उल्लेख गरेकीछिन् । उनले सामाजिक सञ्जालमा लेखेकीछिन् “लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो ।
डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।”
अस्वस्थ्य भएपछि उनलाई तत्काल दिल्ली लगिएको थियो । जहाँ उनको शल्यक्रिया डा।सुरेन्द्र कुमार दवासले गरेका थिए । अब स्वेताले हेल्लो जिन्दगीमा के काम गर्दिनन् ? उनले अब स्वाथ्यको कारण नै फिल्ममा काम गर्न नसक्ने बताएकी छिन् ।
“जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डमा भताभुंग हुँदा रहेछन् । म दुस्खपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।” उनले हेल्लो जिन्दगी टिमसंग माफीसमेत मागेकी छिन् ।








































