- ADVERTISEMENT -

पार्टी नेतृत्वविरुद्ध नबोल्न नेता कार्यकर्तालाई कांग्रेसको उर्दी

April 29, 2019
697
Shares
- ADVERTISEMENT -

काठमाडौं, वैशाख १६

नेपाली काङ्ग्रेसले पार्टीको नेतृत्वका विरुद्ध नबोल्न नेता कार्यकर्तालाई उर्दि जारी गरेको छ । पार्टी नेतृत्वविरुद्धमा बोले अनुशासन समितिले कारवाही गर्ने भएको छ । पार्टीको राष्ट्रिय जागरण अभियानलाई अनुशासित बनाउन सो निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यसका लागि पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही र अभिव्यक्ति नदिन निर्देशन दिएको छ । काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेको सभापतित्वमा बसेको समितिको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन सो निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले बताउनु भयो ।

काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ यही वैशाख २५ गतेदेखि ७७ जिल्लामा एकसाथ शुरु हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

बैठकले अभियानका क्रममा पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -