Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५२:५० दिउँसो
- ADVERTISEMENT -

गोरखाको मनकामना मन्दिरमा २१ पुस्तासम्म एउटै वशंजका पुजारी

प्रकाशित मिति: २०७६ वैशाख १५, आइतबार

1277
Shares

चितवन, २०७६ साल बैशाख १५ गते आइतबार । एक्काइसौँँ पुस्तासम्म कुनै मन्दिरको मूल पुजारी हुँदै आएको सुन्दा अचम्म लाग्ला तर  गोर्खाको मनकामना मन्दिरमा एउटै परिवारको २१ औँ पुस्ताले मूल पुजारीका रुपमा अहिलेसम्म काम गरिरहेको छन् ।

मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले आफू  २१ औँ पुस्ताका रुपमा मगर पुजारी बनेको बताउनुभयो । उहाँको भनाइमा तत्कालिन राजा राम शाहका रानीको नामबाट मनकामना मन्दिर रहेको हो ।

राजपरिवारमा सुसारेको रुपमा रहनुभएका लखन थापा मगरका पालादेखि यस मन्दिरमा इन्सानका पुस्ताले मुख्य पुजारीको रुपमा काम गर्दै आएका हुन् ।

उहाँले भन्नुभयो, “यसको स्थापना कालदेखि नै मगर समुदाय मूल पुजारी हुँदै आएको २१ औँ पुस्ता पुग्यो । मेरा बुबा लोकबहादुर  र बाजे प्रेमबहादु पनि यहाँकै पुजारी हुनुहुन्थ्यो ।” लखन थापामगर राज परिवारको सुसारे हुँदै गर्दा राजाको निधनपछि रानी सति जाने समयमा उहाँलाई म तिमीलाई फेरि मेरो सेवा गर्ने मौका दिने छु भनी सति गएको र पछि खेत जोत्दा शिला भेटिएपछि मन्दिर स्थापना गरी पूजा गर्न लागिएको उहाँले बताउनुभयो ।

अहिले मनकामना मन्दिरमा सोही वंशजको जेठो छोराले मूल पुजारीको नेतृत्व सम्हाल्दै आएको छ । आफूले विसं २०२६ मा १० वर्षको उमेरदेखि पुजारीका रुपमा काम गर्दै आएकामा त्यसको १४ वर्षपछि मूल पुजारीको भूमिका  निर्बाह गरेकोे इन्सानले बताउनुभयो । काकाले बाबुको शेषपछि आफू मूल पुजारी हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरे पनि आफ्नै पक्षमा फैसला भएपछि आफूले मूल पुजारीको रुपमा २०४० सालदेखि काम गरिरहेको र  आफ्नो जेठो छोरा निसानले अहिले पुजारीको काम सिकिरहेको उहाँले बताउनुभयो ।

सन्तानमा जेठो छोरा नभएर छोरी भएमा भाइमा मूल पुजारीको जिम्मेवारी सर्ने इन्सानको भनाइ थियो । मन्दिरमा मूल पुजारीसहित पाँच पुजारीले काम गर्दै आएका छन् ।

शहीद लखन गाउँपालिका–२ मा पर्ने सो मन्दिर स्थापनाकालदेखि नै पुजारीका रुपमा रहेका मगर समुदायका साथै  हरेक पर्वमा मन्दिरमा हुने पुजामा काठमाडौँबाट तान्त्रिक गुरुहरुसमेत आउने गरेका छन् । अहिले मन्दिरमा रहेका पुजारीमध्ये एक बह्माण समुदायको र अन्य पुजारी मगरकै घर परिवारका सदस्य छन् । त्यहाँ उठेको भेटीले यी सबै खर्च पु¥याउनु पर्ने इन्सानले बताउनुभयो ।

मनकामना देवीको शक्ति अजिवको रहेको चर्चा गर्दै उहाँले देशमा भएका महत्वपूर्ण घटनामा कुनै न कुनै रूपमा अग्रिम सङ्केत मिल्ने र दरबार हत्या काण्ड, विनाशकारी भूकम्पजस्ता घटनामा आफूले पहिले नै सङ्केत पाएको जानकारी दिनुभयो मनकामना केबुलकार बन्ने विषयमा पनि पहिले नै सङ्केत मिलेको इन्सानको भनाइ थियो ।

मूल पुजारी मगरका अनुसार उनीहरु नियमित चोखो भएर पूजामा बस्नुपर्ने   घर परिवारमा जुठो पर्दा कुटुम्बले यो काम हेर्ने गरेको र ठूलाठूला पूजाआजामा मदिरा नभई नहुने भएकाले प्रसादका रुपमा खाए पनि अन्य पूजामा भने प्रयोग नगर्ने गरेको उहाँले बताउनुभयो ।  पहिलेको तुलनामा अहिले भक्तजनको चाप बढ्दै गएको  छ ।

मङ्सिर, पुस, माघ र फागुन महीनाको, शनिबार, सोमबार, मङ्गलबार र शुक्रबार भक्तजनको भीड लाग्ने गरेकामा अहिले जुनसुकै बार पनि भक्तजनको घुइँचो हुने मूल पुजारी इन्सानले बताउनुभयो । रासस

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -