- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण

April 28, 2019
815
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १५ बैशाख २०७६ । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै सत्तासीन पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा उल्लेख छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलगायतका मुद्दामा पत्रकार महासंघ र आम प्रेस जगतले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेसअनुकूल नै भएको बताउँदै महासंघले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघले राखेको ध्यानाकर्षण पत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को धारणालाई सहयोग पुग्ने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी सभापति देउवाले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत महासंघसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com