Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२४:०३ दिउँसो
- ADVERTISEMENT -

अन्तर्घात गर्नेलाई काँग्रेसले कारबाही गर्ने

प्रकाशित मिति: २०७६ वैशाख १५, आइतबार

812
Shares

काठमाडौंँ, वैशाख १५ गते । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने भएको छ ।
काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिले प्रश्रय पाएको र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउनेभन्दा पनि गुटलाई बलियो बनाउने होडबाजी चलेपछि अनुशासन समितिले शीर्ष नेतालाई पनि लगाम लगाउने तयारी गरेको छ ।

पार्टीको नयाँ विधानअनुसार गठित अनुशासन समितिले चैत मसान्तभित्र उजुरी दिन ७७ वटै जिल्लालाई पत्राचार गरेको थियो । सबै जिल्लाबाट प्राप्त १२० उजुरीमाथि छानबिन गर्न आइतबारदेखि केन्द्रीय अनुशासन समितिको लगातार बैठक बस्ने भएको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजकमा भीष्मराज आङ्दम्बेले भन्नुभयो, ‘‘यही वैशाख २५ देखि जेठ २५ सम्म एक महिने जनजागरण अभियान सुरु हुँदैछ, त्यसमा पार्टीका शीर्ष नेता, नेताहरु र कार्यकर्ताका भनाइलाई पनि अनुशासनको दायरामा राख्छौँ ।’’ पार्टीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मका भनाइलाई समितिले अनुशासनको दायरामा राख्छ, पार्टीमा अनुशासन कायम गर्नु समितिको मुख्य जिम्मेवारी भएको आङ्दम्बेले स्पष्ट पार्नुभयो ।

काँग्रेसमा सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नीतिगत विषयमा मतभिन्नता रहँदै आएको छ । एक महिने जनजागरण अभियान सुरु हुनुभन्दा अगाडि अनुशासन समितिका संयोजकको यस्तो भनाइ आएपछि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइरालासहितका नेताहरूमाथि थप निगरानी बढ्ने कतिपयको अनुमान छ ।

केन्द्रीय समितिका सदस्यहरू तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक समावेशीमा पटक–पटक एउटै व्यक्तिलाई अवसर दिन नहुने पक्षमा नेताहरू पौडेल, सिटौला, कोइरालाजस्ता नेताहरू अडिग देखिएको उहाँहरूको अभिव्यक्तिले नै स्पष्ट पार्दै आएको छ ।

उहाँहरू यसै विषयलाई जनजागरण अभियानमा आफ्नो मुख्य मुद्दा बनाउने योजना रहनुभएको छ । यस प्रस्तावप्रति बहुमत जिल्ला सभापतिहरूको समर्थनसमेत रहेकाले जनजागरण अभियानमा दुवै पक्षबीच यी विषयमा मतान्तर हुने एक नेताको भनाइ छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ‘पार्टीभित्र आन्तरिक सुधारको माग भइरहेको छ, यथास्थितिमा पार्टी अगाडि बढ्न सक्ने अवस्था छैन, पार्टीभित्र वैचारिक पुनर्जागरणको आवश्यकता छ, हाम्रा असहमतिलाई जनजागरणमा लगिने’ बताउनुभयो ।

उहाँले सरकारका गलत कार्यको विरोध हुन्छ, काँग्रेस नेतृत्वमा भएका ठूला परिवर्तनको विषयलाई जनतासमक्ष पु¥याउँछौँ र पार्टीभित्र रहेका असहमतिलाई पनि सार्वजनिक सार्वजनिक गर्छौँ भन्नुभयो ।

केन्द्रीय अनुशासन समितिका सदस्य सचिव प्रेम केसीका अनुसार यो अनुशासन समितिले ७७ वटै जिल्लामा पत्राचार गरी पार्टीहित विपरीत कार्य गर्नेहरुविरुद्ध उजुरी माग गरेकोमा १२० वटा उजुरी परेको जानकारी दिनुभयो ।

ती उजुरीमा अधिकांश उजुरीहरू स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेहरूको सङ्ख्या बढी छ । संयोजक आङदम्बेले भन्नुभयो, ‘‘सबै उजरीमाथि छानबिन हुन्छ र समितिले आवश्यक निर्णय गर्छ ।’’
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तर्घातहरू गर्नेहरुको उजुरी पहिला पनि माग गरिएको थियो । रमेश रिजाल संयोजक रहेको अनुशासन समितिले करिब अढाइ सय जनालाई कारबाहीको दायरामा राखेको छ । सो समितिले कुनै निर्णय गरेको छैन ।

वि.सं. २०७४ मा सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा असहयोग र अन्तर्घात गर्नेहरुविरुद्ध केन्द्रमा करिब पाँच सयजनाविरुद्ध परेका छन् ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, ती उजुरीमध्ये छानबिनपछि २५० जनालाई स्पष्टीकरण माग गरिएको र १११ जनाले स्पष्टीकरण पेस गरेका छन् ।

तत्कालीन अनुशासन समितिका संयोजक रमेश रिजालले सो समितिबाट राजीनामा दिएपछि अन्तर्घातीहरुमाथि अहिलेसम्म कारबाही भएको छैन । तीन तहको निर्वाचनमा कम्तीमा ४० जिल्लाबाट उजुरी परेका थिए ।

कतिपय जिल्लाका पार्टी सभापतिसमेत कारबाहीको दायरामा छन् । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थकलाई निर्वाचनको समयमै गोरखापत्रमा सूचना प्रकाशित गरी कारबाही गरिएको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो ।

नेपाली काँग्रेसको चैत ४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय अनुशासन समिति गठन गरेपछि समितिले अन्तर्घातीहरूलाई अब कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

केन्द्रीय अनुशासन समितिको संयोजकमा आङ्दम्बे र सदस्यहरुमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ हुनुहुन्छ । उहाँहरु सबै पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -