काठमाडौँ, १४ बैशाख । नेपाली काँग्रेसकी प्रभावशाली केन्द्रीय सदस्य तथा सांसद डा डिला संग्रौलाले कर्णाली जागरण अभियान सुरु गर्नुभएको छ ।

सुर्खेतको गर्वाकोट बेतनी खोलामा रहेका सुकुम्बासीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर उहाँले शुक्रबारबाट कर्णाली जागरण अभियान सुरु गर्नु भएको हो ।

एक हप्ते अभियान लिएर आफु कर्णाली प्रदेशका सवै जिल्लामा पुग्ने योजनाका साथ अभियानको सुरुवात गरेको उहाँले जानकारी दिनुभयो ।
हरेक जिल्लामा स्थानीय नेता तथा कार्यकर्ताहरुसँग पार्टीको अवस्थाका बारेमा छलफल गर्दै पार्टी सुधारमा उनीहरुको सुझाव पनि संकलन गर्ने उहाँले बताउनुभयो ।

सुर्खेतबाट सुरु भएको उहाँको अभियान भोली वैशाख १५ गते मुगु, १६ गते जुम्ला, १७ गते कालिकोट हुदै १८ गते फेरी सुर्खेत आईपुग्ने भएको छ ।

त्यसैगरी १९ गते दैलेख र २० गते जाजरकोट गएर उहाँले कर्णाली प्रदेशको जागर अभियान सम्पन्न गर्ने बताउनु भएको छ ।
स्थानीय तहका नेता तथा कार्यकर्ताहरुले राखेका सुझाव र अपेक्षाहरुलाई टिपोट गरेर आवश्यकता अनुसार पार्टी नेतृत्व र संघीय संसदको ध्यानाकर्षण गराउने काँग्रेस नेतृ संग्रौलाले जानकारी दिनुभयो ।

उहाँले यसअघि अन्य प्रदेशहरुमा पनि यस्तै अभियान चलाउदै स्थानीय नेता कार्यकर्ताहरुसँग छलफल गरी सुझाव संकलन गर्नुभएको थियो । काँग्रेसको भातृ संगठन नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहनु भएकी डा संग्रौला संसदमा सक्रिय महिला सांसदहरु मध्ये सवै भन्दा अगाडी हुनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्