ललितपूर,२०७६ साल बैशाख १४ गते शनिबार । नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामान सहित, नयाँ बर्षको नयाँ गीत……………..
तिम्रो माया प्राण बनी जीवन दिई रहन्छ,
तिम्रो नाम श्वास श्वासमा सँधै गुन्जन रहन्छ,
निदाउन खोज्दा रातमा तिम्रो याद आयो,
पीडाले मन रूँदा तिम्रो याद आयो………….
‘निदाउन खोज्दा रातमा तिम्रो याद आयो ‘ नयाँ बर्षको उपहार स्वरूप म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।
“निदाउन खोज्दा रातमा तिम्रो याद आयो ” बोलको गीतमा रमिला भण्डारीको सुमधुर स्वर रहेको छ । शब्द अनि संगीत पनि रमिला भण्डारीको नै रहेको छ ।
रामिला भण्डारीले बि.स.२०५८ सालमा संगीत शिक्षक, गायक, संगीतकार र गीतकारको क्षेत्रमा निरन्तर रुपमा अधि बढीरहनु बहेको छ । उहाँले सप्तरन्जनीमा संगीत प्रशिक्षकको रूपमा काम गरेको एघार बर्ष पुरा भएको छ । आजसम्म निरन्तर रुपमा गीत संगीत सिकाइरहनुभएको छ ।
उहाँ “सप्तरन्जनी संगीत विद्यालय” को संस्थापक प्रबन्धक हुनुहुन्छ । उहाँ नेपाली संगीत उद्योगमा एक महान कलाकारका साथै अंग्रेजीको शिक्षिकाको रूपमा काम गर्नु भएको थियो ।
उहाँले बि.स.२०५३ सालदेखि संगीत सिकाउन थाल्नुभयो । आज पनि उहाको दिन संगीत संग सुरु हुन्छ र संगीत संग समाप्त हुन्छ । सयौं आधुनिक गीतहरू, लोक, भजन शास्त्रीय गीतहरूमा समेत पोख्त हुनुहुन्छ ।
त्यसैगरी,बि स २०६० सालमा उहाको पहिलो एल्बम “गीताल्जली” सार्बजनिक गर्नु भयो ।
नेपाली संगीत उद्योगका प्रसिद्ध संगीतकारहरूसँग भगवत् गीताको सार दोश्रो एल्बम हो,जसमा दुई भागहरु हुन्छन् : एक अंग्रेजी र अर्को नेपालीमा र दुवै एल्बम देशको बाहिर र बाहिर प्रसिद्ध भयो ।
त्यसैगरी, उहाँको अन्य गीतमा एल्बमहरू “यति धरै माया दिइ”, “गायत्री मन्त्र” , “महा मन्त्र”, “शान्ति मन्त”, भजन र एसपी दोहोरी उहाको एल्बम हुन् ।
उहाँले बि.स २०६७ सालमा “माया भन्नु इश्वर रैछ” पुस्तक प्रकाशित गर्न सफल पनि हुनुभयो ।